नेपाल लाइफले दुधकुण्डमा सञ्चालन गर्यो निःशुल्क प्राथमिक स्वास्थ्य शिविर, ४२२ लाभान्वित

Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सोलुखुम्बुको चार हजार ६३२ मि उचाईमा रहेको धार्मिकस्थल दुधकुण्डमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर संचालन गरेको छ । 

कम्पनीले तीर्थयात्रीहरुका लागि नेपाल रेडक्रस सोसाइटी टाक्सिन्दु उपशाखाको सहकार्यमा भदौ ११ देखि १४ गतेसम्म निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

Advertisement

शिविरबाट ४२२ जना प्रत्यक्ष लाभान्वित भएको भन्दै कम्पनीले २१० जनाको स्वास्थ्य परीक्षण, १४६ जनालाई औषधि वितरण, ६४ जनालाई प्राथमिक उपचार तथा दुई जनालाई एम्बुलेन्स सेवा प्रदान भएको जनाएको छ । 

मेलाको बखत उच्च स्थान भएकाले टाउको दुख्ने, बान्ता हुने, शरीरका जोर्नी दुख्ने, श्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षण भएका बिरामीहरुलाई उपचारको आवश्यकता पर्ने भन्दै कम्पनीले सो कार्यक्रम आयोजना गरेको जनाएको छ । नेपाल लाइफले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक क्षेत्रमा परिवर्तन ल्याउन आफ्नो महत्वपूर्ण भूमिका खेल्दै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणरमण पराजुलीले बताए । 

नेपालले गत असारसम्ममा एक खर्ब ७२ अर्व रुपियाँ लगानी गरी, जीवन बीमा कोष करिव १६३ अर्ब रुपियाँ संचित राख्न सफल भएको छ । हाल १९२ कार्यालयमार्फत कम्पनीले सेवा प्रदान गर्दै आएको छ । 

Advertisement