‘एनआरसीपी यूके पेसेज’ पूर्वअभ्यास परीक्षा सञ्चालन गर्ने मेडिसिटी नेपालको पहिलो अस्पताल

Advertisement

काठमाडौं । नेपाल मेडिसिटी एमआरसीपी यूके पेसेज पूर्वअभ्यास परीक्षा सञ्चालन गर्ने पहिलो अस्पताल बनेको छ । रोयल कलेज अफ फिजिसियन्स, युनाइटेड किङडमसँगको सहकार्यमा मेडिसिटीले यस्तो अभ्यास पहिलो पटक नेपालमा सुरु गर्न लागेको हो । 

शनिबार अस्पतालमा आयोजित कार्यक्रममा यसबारेमा जानकारी दिइयो । पेसेज (प्राक्टिकल एसेसमेन्ट अफ क्लिनिकल इक्जामिनेसन स्किल्स)को पूर्वअभ्यास परीक्षा मेडिसिटीले गरे पनि देशभरका मेडिकल डाक्टरहरुले अनलाइनमार्फत फारम भएर यो परीक्षामा सहभागी हुन सक्नेछन् । बिहीबार र शुक्रबार भएको पेसेज परीक्षामा २८ डाक्टरले सहभागिता जनाएका थिए । एनआरसीपी यूके र मेडिसिटीका पाँच–पाँच प्रतिनिधि गरी १० जना विज्ञले यो परीक्षा लिन्छन् । ​

Advertisement

एमआरसीसी यूके पेसेज परीक्षा क्लिनिकल विशेषज्ञालाई थप निखार ल्याउन र सीप परीक्षण गर्न डिजाइन गरिएको तालिम हो । यस्तो तालिम लिएका चिकित्सकहरुले बिरामीहरुलाई चेकजाँचका क्रममा गर्ने व्यवहारमा सुधार ल्याई रोग पहिचान र उपचार गर्न सहज हुने, त्यस्तो व्यवहारले बिरामीलाई चाँडै निको बनाउन पनि मद्दत पुग्ने रोयल कलेज अफ फिजिसियन्स, युनाइटेड किङडम र मेडिसिटीको भनाई छ । यस्तो परीक्षामा परिक्षार्थीहरूलाई उनीहरूको ज्ञान, क्लिनिकल सीप, बिरामीको स्वायत्तता र अभिव्यक्तिको सम्मान गर्ने क्षमताको लागि मूल्याङ्कन गरिन्छ । 

फेडरेशन अफ द रोयल कलेज अफ फिजिक्स, यूकेले तोकेको मापदण्डअनुसार विश्वका धेरै मुलुकमा परीक्षाको पूर्वअभ्यास सञ्चालन गरिन्छ । भारतमा मात्रै नौ ठाउँमा यस्तो परीक्षण हुने गरेकोमा नेपालमा मेडिसिटीले पहिलो पटक सुरु गरेको हो । 

आजको कार्यक्रममा मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले नेपालमा पनि एनआरसीपी यूके पेसेज परीक्षाको पूर्वअभ्यास सुरु हुनु अस्पतालका लागि मात्रै नभएर देशका लागि नै खुशीको कुरा हो भने । उनले यस्तो परीक्षामा सहभागीले केही शुल्क तिरे पनि यसबाट अस्पतालले आर्थिक पाउने नभई बिरामी र देशले नै फाइदा पाउने बताए । डा. महतोले पेसेज परीक्षा पास गर्ने डाक्टरहरु विश्वका जुनसुकै मुलुकमा गएर काम गर्नसक्ने बताउँदै यस्तो प्रमाणपत्रलाई नेपालको सरकारले पहिले नै मान्यता दिइसकेको बताए । 

यस स्तरको प्रतिष्ठित परीक्षाले डाक्टरको क्लिनिकल विशेषज्ञताको मूल्याङ्कन मात्र मात्रै नगरेर बिरामीलाई कसरी सुरक्षात्मक रुपमा उपचार गर्ने ? कुरा मात्रै नभएर ‘सफ्ट स्किल’हरू पनि हेर्ने उनले बताए । एक डाक्टरलाई विशेषज्ञ बन्न पेसेज परीक्षाले सहयोग पग्ने महतोले बताए । उनले पाँच शताब्दी पूरानो बेलायती संस्थाले नेपालको मेडिसिटी अस्पताललाई विश्वास गरेर पेसेज परीक्षाका लागि तयार हुनु देशकै लागि ठूलो कुरा हो भने । महताले देश विकासका लागि विदेशबाट मौद्रिकरुपमा आउने लगानी मात्रै नभएर यस्ता सीप र ज्ञानको पनि महत्व हुने बताए । 

सो अवसरमा फेडरेशन अफ द रोयल कलेज अफ फिजिसियन्स अफ द युनाइटेड किङडमका डा. तन्जिम रजा, डा. डोनाल्ड फारुहार, डा. सत्यन राजभण्डारी, डा. फियोना क्लार्क र डा. ग्राहम करीले पेसेज परीक्षाको महत्व र विधिका बारेमा बताएका थिए । 

मेडिसिटी अस्पतालमा एमआरसीपी यूकेको क्लिनिकल पाइलट परीक्षापछि निकट भविष्यमा परीक्षा केन्द्र स्थापना गर्ने अनुमति प्रदान हुने निर्णय लगभग अन्तिम चरणमा पुगेको जनाइएको छ । यस्तो परीक्षामा नेपालका प्रशिक्षार्थी चिकित्सकहरू मात्रै नभएर दक्षिण एशियाकै यस्ता डाक्टरहरु समेत सहभागी हुनसक्ने मेडिसिटीको भनाई छ । यसअघि पेसेज परीक्षामा सहभागी हुन चिकित्सकहरु बेलायत नै पुग्नुपर्ने बाध्यता थियो । नेपालमा मेडिसिटीले ने यो परीक्षा लिन थालेपछि उनीहरुको पैसा समेत बचत हुने भएको छ ।  

नेपाल मेडिसिटीमा एमआरसीपी पेसेजको नेतृत्व गरेका वरिष्ठ चिकित्सक डा. नीरज जोशीले परीक्षाको मापदण्डलाई ध्यानमा राख्दै निश्चित शैक्षिक मापदण्डहरू पूरा गर्नुपर्ने बताए । उनले एमआरसीपी परीक्षा केन्द्र खोल्दा स्नातकोत्तर तालिम र कुनै अतिरिक्त शुल्क बिना अन्तर्राष्ट्रिय मान्यता प्राप्त डिग्री प्राप्त गर्ने नयाँ अवसरहरू खुल्ने बताए । यसले लामो समयसम्म नेपालमा विशेषज्ञ डाक्टरको अभावलाई पूर्ति गर्न मद्दत गर्ने जोशीको भनाई छ । 

Advertisement