सीआईबीले आतंकित बनाएको भन्दै त्रिवि भन्सारका कर्मचारीले जाँचपास रोके, वार्ता जारी

Advertisement

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरुलाई सीआईबी (नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो)ले सुन तस्करीको छानविनका नाममा आफूहरुलाई आतंकित बनाएको भन्दै भन्सार जाँचपास रोकेका छन् । 


सीआईबीले हतकडी लगाउँदै पक्राउ गर्न थालेपछि कर्मचारीहरु आतंकित बनेका हुन् । धरपडक र आतंक नरोकेसम्म काम नगर्ने भन्दै कर्मचारीहरुले अडान लिएपछि समस्या समाधानका लागि अहिले त्रिभुवन विमानस्थलमा वार्ता जारी छ । यसअघि १३७ जना कर्मचारीहरुले आफूहरुमाथि सीआईबीले निगरानी बढाएर आतंकित बनाएको भन्दै सामुहित सरुवाका लागि अर्थमन्त्री प्रकाशशरण महत र राजश्व सचिवसँग लिखित माग गरेका थिए । तर महतले सरुवा नगरी समस्या समाधानका लागि आफूले पहल गर्ने आश्वासन दिएका थिए । सो विषयमा महतले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग कुरा गरे पनि समस्या समाधान नभएपछि दुवै मन्त्रीबीच अहिले सम्वन्ध चिस्सिएको छ । 

Advertisement

गत साउन २ गते पक्राउ गरेको ६० किलो ७१६ ग्राम तस्करीको सुनबारे अनुसन्धानको जिम्मा पाएको सीआईबीले पछिल्लो समयमा त्रिवि भन्सारका कर्मचारीहरुमाथि अनुसन्धान बढी केन्द्रीत गरेको छ । सोही क्रममा सीआईबीले भन्सारका थप कर्मचारीहरु समेत पक्राउ गरेको छ । हालसम्म पक्राउ पर्ने त्रिवि भन्सारका कर्मचारी सात जना भएका छन् । शुक्रबार मात्रै थप तीन जनालाई पक्राउ गरिएको थियो । 

यो क्रम नरोक्किएसम्म आफूहरुले जाँचपास नगर्ने अडान लिएपछि  कर्मचारीहरुसँग समस्या समाधानका लागि छलफल गरिएको हो । वार्ताबाट समस्या समाधान नभए आफूहरुले जाँचपास नगर्ने एक कर्मचारीले कर्पोरेट नेपाललाई बताए । उनले भने, ‘अहिले कार्यालयमा सामान जाँचपास गर्ने कि नगर्ने ? भन्ने विषयमा छलफल भइरहेको छ । छलफलको निष्कर्ष के आउँछ ? अहिले भन्न सकिन्न । 

प्रहरीले अनावश्यक रुपमा मानसिक तनाव दिएको भन्सारका कर्मचारीहरुले भनाई छ । सुन तस्करीको अनुसन्धान गर्ने नाममा प्रत्येक दिन त्रिवि भन्सार कार्यालयमा प्रहरीले रेकी गिररहेको भन्दै कर्मचारीहरुले सुन तस्करी प्रकरणमा सघाउन आफूहरु तयार रहँदा पनि पक्राउ गर्दै लैजाने र मानसिक तनाव दिने काम नरोक्किएकाले आफूहरु बाध्य भएर कठोर निर्णयमा पुगेको बताएका छन् । 

Advertisement

Advertisement