उदयपुर सिमेन्टको महाप्रबन्धकका लागि आवेदन माग, दलका कार्यकर्ता हुन नपाइने

Advertisement

काठमाडौं। लोकप्रिय सिमेन्ट उदयपुर सिमेन्ट उद्योगले महाप्रबन्धकका लागि आवेदन माग गरेको छ । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले आवेदन माग गरेको हो । 

महाप्रबन्धक पद केहि समयदेखी खाली छ । यसअघिका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेको पदावधि सकिएपछि नयाँ नियुक्तिको प्रक्रिया थलानी गरिएको हो । 

Advertisement

सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ । हाल सरकारको लगानीको २ वटा सिमेन्ट उद्योग रहेको छ । हेटौडा र उदयपुर सिमेन्ट एकै व्यावस्थापनबाट संचालन गर्ने नीति लिएपनि राजनितिक खिचातानीका कारण मन्त्रालयले काम अघि बढाउन सकेको छैन । 

महाप्रबन्धक बन्नका लागि  राजनितिक दलको सदस्य भएको व्यक्ति अयोग्य हुनेछ । आवेदन उद्योग मन्त्रालयको वेवसाइटबाट पनि दिन सकिनेछ । मन्त्रालयले गठन गरेको छनोट समितिले व्यावसायिक कार्ययोजना तथा अन्तर्वार्ताबाट धेरै नम्बर ल्याउने तीन जनाको छनोट गरी उद्योग सचिवलाई बुझाउने छ। 

Advertisement

Advertisement