अब नेपाल श्रीलंका हुँदैन्ः महत, घरजग्गा, शेयर, अटोमोवाइलमा सुधार आउने दावी

Advertisement

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले निजी क्षेत्र आर्थिक रूपान्तरणको बाहक भएको बताउँदै केही क्षेत्रबाहेक बाँकी सबैमा निजी क्षेत्र आउनसक्ने बताएका छन् । 

मंगलवारबाट राजधानीको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो उदघाटनका क्रममा उनले कुनै खास कारणले पछि परेको वर्ग, समूह र क्षेत्रलाई हेर्ने दायित्व सरकारको हो भन्दै हरेकको क्षमता, सिर्जना, सम्भावना र उद्यमशिलताको उपभोगिताबाट मात्रै मुलुकको आर्थिक वृद्धि सम्भव रहेको र त्यो निजी क्षेत्रले गर्नसक्ने बताए । 

Advertisement

महतले अर्थतन्त्रमा समस्या रहे पनि चाँड समाधान हुने दावी गरे । महतले भने, ‘अर्थतन्त्रमा समस्या छ । त्यसमा दुई मत रहेन् । तर म के विश्वास व्यक्त गर्न चाहान्छु भने अब यो समस्या धेरै रहन्न । समस्याहरु कम हुँदै गएका छन् । हाम्रो आर्थिक गतिविधि विस्तारै बढ्छ । त्यसको ठोस सकेतहरु पनि देखा पर्न थालेका छन् ।’

विदेशी मुद्राको संचिति यथेष्ट रहेको बताउँदै हिजो जस्तो श्रीलंकाको बाटोमा जाने हो कि देश ? भन्ने अवस्था नरहेको उनले जिकिर गरे । महतले पर्यटकहरु आउन दोब्बर भएको, भन्सार नाकामा थन्किएर हजारौं गाडीहरु आउन थालेको र भन्सार नाकामा भारततर्फ १०–२० माइलसम्म लामो आयातित सामानको ट्रकको लाइन लाइन लाग्न थालेको बताए । लाइन लामो भयो भनेर भारतीय पक्षले भन्ने गरेको उनको भनाई छ । 

मन्त्री महतले सरकारले निजी क्षेत्रलाई उच्च महत्व दिइरहेको दाबी गरे । उनले मुलुकको अर्थतन्त्रमा समस्या भए पनि अर्थतन्त्रको समस्या धेरै समय नरहने उल्लेख गरे । 

महतले मुलुकको आर्थिक गतिविधिहरु बिस्तारै सुधार हुँदै गएको दावी गरे । उनले आर्थिक गतिविधिहरु अगाडि बढ्ने संकेतहरु देखापरेको भन्दै पछिल्लो समय मुलुकको बाह्य मुद्राको सञ्चिति सुधार, पर्यटन वृद्धि भएको बताए । 

महतले घर जग्गा, शेयर बजार र अटो बजारमा केही समस्या रहेको भन्दै अब बिस्तारै समस्या समाधान हुने दावी गरे । उनले अर्थतन्त्र सहज बाटोमा जाने गरी निजी क्षेत्रले पनि बहस थाल्नु आवश्यक रहेको बताए । 

मन्त्री महतले.भने, ‘निजी क्षेत्र नै आर्थिक रुपान्तरणको बाहक, इन्जिन हो भन्ने कुरामा विश्वास राख्छ । हरेक नागरिकको क्षमता, सिर्जना, सम्भावना र उद्यमशीलताको पूर्ण उपभोगिताबाट मात्रै मुलुकको आर्थिक वृद्धि सम्भव छ । सरकारको जिम्मेवारी सहजकर्ताको भूमिका नियमनकारी, प्रतिष्पर्धी बनाउने, कानूनी राज्य लागू गर्ने र सामाजिक आर्थिक पूर्वाधार निर्माण गर्ने भुमिकामा सामान्यतया निजी क्षेत्र आउन हिच्किचाउँछ । सडक यातायातका कुरामा र न्युनतम दरमा शिक्षा र स्वास्थ प्रदान गर्ने विषय बाहेक अन्य सबै क्षेत्रमा निजी क्षेत्रको भुमिका प्रमुख हो । राज्यको निर्णायक भुमिका भनेको राज्यको साधन स्रोत ग्रामिण क्षेत्रका जनताको जीवनस्तर उकास्नु राज्यको दायित्व हो ।’

उनले थपे, ‘सरकारले निजी क्षेत्रको महत्वलाई उच्च महत्व दिएका छौं । मुलुकको अर्थतन्त्रमा समस्या छ भन्ने विषयमा दुई मत छैन । अर्थतन्त्रको समस्या धेरै समय रहँदैन । समस्याहरु कम हुँदै गएका छन् । मुलुकको आर्थिक गतिविधिहरु बिस्तारै अगाडि बढ्छ । आर्थिक गतिविधिहरु अगाडि बढ्ने संकेतहरु देखापरेका छन् । मुलुकको वाह्य मुद्राको सञ्चिति सुधारउन्मुख छ । विगतको जस्तो श्रीलंकाको बाटोमा जाने अवस्था छैन । पर्यटन क्षेत्र अगाडि बढ्छ । घर जग्गा,शेयर बजार र अटो बजारमा केही समस्याहरु थिए । जग्गा कित्ताकाटको समस्या समाधान भएको छ । जग्गा कारोबार बिस्तारै बढ्छ । अटोमोवाइलको गतिविधि पनि बढ्छ । अर्थतन्त्र सहजबाटोमा जाने बहस थाल्नुपर्छ । त्यसले आत्माविश्वास पढ्छ । अर्थतन्त्रमा पैसा नभएको होइन । पैसा चल्न सकेको छैन घुम्न जरुरी छ ।’

अर्थमन्त्री महतले पहिले सवारी साधनलाई विलासीताका साधन मानेर कर लगाउने गरिएको भए पनि अब त्यस्तो सोच्न राख्न आवश्यक नरहेको बताए । उनले पछिल्लो समय विद्युतीय सवारीको प्रयोग बढ्दो क्रममा रहेकाले सरकारले यसको प्रयोगमा सहज नीति अंगिकार गरिरहेको उल्लेख गरे । 

महतले मुलुकभित्रै सवारी उत्पादन तथा एसेम्बलिङ गर्नुपर्ने आवश्यक रहेको बताए । महतले सवारी उत्पादन तथा एसेम्बलिङ उद्योगका लागि सरकारले सहुलियत तथा प्रोत्साहन गरिरहेकोमा व्यवसायीहरुले यो अवसर सदुपयोग गरेर आर्थिक उत्पादनमा लाग्नुपर्ने बताए । 

उनले निजी क्षेत्र नियमनकारी निकायहरुको नीतिको कारण समस्या भएको भन्दै नियमनकारी निकायले शेयर बजार, चालु पुँजी कर्जामा विभिन्न सीमाहरु तोक्न आवश्यक नरहेको बताए । महतले नियमनकारी निकायहरुले हरेक सानो–सानो विषयमा निर्देशन गर्न आश्यकता नरहेको भन्दै त्यस्ता निकायहरुले गाईडलाइन मात्रै दिएर निजी क्षेत्रले उठाएका मागहरु सम्बोधन गर्न आवश्यक रहेको बताए । 

मन्त्री महतले भने, ‘निजी क्षेत्र नियमनकारी निकायहरुको नीतिको कारण समस्यामा छौं भन्नुभएको छ । त्यसमा केही जाहेज आधारहरु पनि मैले देखेको छु । शेयर बजार, चालु पुँजी कर्जामा विभिन्न सीमाहरु तोकेको विषय होस् । सरकार र नियमाक निकायहरुले हरेक सानो–सानो इसुमा निर्देशन गर्ने आश्यकता छैन् । नियमनकारी निकायले गाइडलाइन दिने हो । निजी क्षेत्रले उठाएका मागहरु सम्बन्धित क्षेत्रले सम्बोधन गर्नुपर्छ । अटोमोवाइलहरुमा कर कम गर्नुपर्ने कुरा आएको छ । यो विद्युतीय सवारी साधनमार्फत हुन्छ । विद्युतीय सवारी साधनलाई सहज बनाउनको लागि चार्जिङ स्टेशनहरु वृद्धि सरकारले गरिहेको छ । सार्वजनिक र ढुवानीका सवारी साधनहरुलाई पनि विद्युतीय सवारीको रुपमा लैजानुपर्छ । अटो मोबाइल क्षेत्रमा देखिएका समस्याहरु सामधान गर्न सरकार लाग्छ । अटोमोवाइल डिलर एशोसिएशनलाई उत्पादन एशोसिएशन बनाउन आवश्यक छ ।’

उनले विद्युतीय सवारी साधनमार्फत अटोमोबाइल क्षेत्रको कर कम गर्न सकिने बताए । महतले विद्युतीय सवारी साधनलाई सहज बनाउनको लागि सरकारले चार्जिङ स्टेशनहरु वृद्धि गरिहेको बताए । उनले अब सार्वजनिक र ढुवानीका सवारी साधनहरुलाई पनि विद्युतीय सवारीको रुपमा लैजान आवश्यक रहेको बताए । महतले अटो मोवाइल क्षेत्रमा देखिएका समस्याहरु सामधान गर्न सरकार तयार रहेको बताए । 

Advertisement