सिटिजन लाइफको आईपीओ बाँडफाँट, तपाईँलाई पर्यो कि ? यसरी हेर्नुहोस्

Advertisement

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले भदौ १५ गतेदेखि १९ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज बाँडफाँट भएको छ । 

बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलका अनुसार आज दिउँसो आईपीओ बाँडफाँट गरिएको हो । 

Advertisement

सर्वसाधारणका लागि छुट्याइएको आईपीओ ९ लाख जनाले १०–१० कित्ताका दरले पाएका छन् ।

लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट  www.niblcapital.com  र मेरोसेयर एकाउन्ट बाट आइपीओको नतिजा हेर्न सक्नेछन् । सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/  र कम्पनीको वेबसाइट https://citizenlifenepal.com/ बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ । त्यस्तै, शेयरहब एपबाट पनि आईपीओको नतिजा हेर्न सकिन्छ । 

कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपियाँको ३० प्रतिशत अर्थात १ अर्ब १२ करोड ५० लाख रुपियाँको आईपीओ बिक्री गरेको हो ।  

प्रतिकित्ता रु. १०० अंकित मूल्यमा रु. १४४ रुपियाँ प्रिमियम थप गरेर रु. २४४ मा १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ बिक्री गरेको हो ।  

कूल निष्काशन मध्ये ११ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिएको छ । पाँच लाख ६२ हजार ५ सय कित्ता कर्मचारी र ५ लाख ६२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ९० लाख कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गरिएको हो । 

undefined

Advertisement