राष्ट्र बैंकले नौ सय चार करोडको विकास ऋणपत्र बिक्री गर्ने, धितो राखी कर्जा लिन/दिन पाइने

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९०४ करोडको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । 

राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले बुधबार सूचना प्रकाशित गरी बोलकबोल मार्फत विकास ऋणपत्र २०८६ ‘ट’ (६ वर्षे) बिक्री गर्न लागेको उल्लेख गरेको हो । 

Advertisement

उक्त ऋणपत्र इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्ने छन् । 

धितो राखी कर्जा लिन/दिन पाइने यस ऋणपत्रका लागि भदौ २९ गते शुक्रबार १२ः३० बजेसम्म बोलकबोल पेश गर्नु पर्नेछ । २०८० भदौ ३१ गते आइतबार निष्काशन हुने उक्त ऋणपत्रको साँवा भुक्तानी मिति २०८६ भदौ ३१ गते हो ।  

undefinedundefined  
 

Advertisement

Advertisement