‘हिमालयन रि’ ले ६ अर्ब बढीको आईपीओ निष्काशन गर्ने, सेबोनसँग माग्यो अनुमति

Advertisement

काठमाडौं । निजी क्षेत्रका लगानीमा स्थापित हिमालयन रि इन्स्योरेन्स कम्पनीले सर्वसाधारणहरुका लागि आईपीओ जारी गर्ने भएको छ । 

कम्पनीले ६ अर्ब २४ करोड रुपियाँ बराबरको ३ करोड कित्ता शेयर प्रिमियम मूल्यमा निष्काशन गर्न प्रस्ताव गरेको हो । 

Advertisement

यसैक्रममा नेपाल धितोपत्र बोर्ड (सेबोन) मा हिमालयन रि ले प्रतिकित्ता रु. १०० अंकित मूल्यमा रु. १०८ रुपियाँ प्रिमियम थप गरी रु. २०८ मा आईपीओ निष्काशनको माग गर्दै भदौ २६गते आवेदन दिएको हो ।  

आईपीओ निष्काशनका लागि कम्पनीले यसअघिनै बिक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरिसकेको छ ।  

Advertisement

Advertisement