कृष्णहरि पुस्कर पुनः अर्थसचिव नियुक्त, के जटिल बन्दै गएको अर्थतन्त्र सुध्रिएला अब ?

Advertisement

काठमाडौं । सरकारले अर्थसचिवमा फेरि कृष्णहरि पुस्करलाई ल्याएको छ । लामो समयदेखि अर्थमा फर्किने प्रयास गर्दै आएका उनलाई सरकारले पुनः अर्थसचिव नियुक्त गरेको हो । 

अर्थमन्त्री प्रकाशशरण महतले आफूलाई सहयोग नगरेको भन्दै तोयम रायलाई हटाएर अर्जुन पोखरेललाई नियुक्त गरेको थियो । पछिल्लो दिनमा पोखरेलले पनि महतको लाइनअनुसार काम गर्न अस्वीकार गर्न थालेपछि पुस्करलाई ल्याइएको हो । 

Advertisement

पुस्करलाई अर्थसचिवको रुपमा ल्याउने निर्णय भदौ २९ गते बसेको मन्त्रिपरिषद बैठकबाट भएको हो । यद्यपि सरकारले यो निर्णय गोप्य राखेको थियो । पुरस्कर यसअघि सामान्य प्रशासन मन्त्रालयको सचिव थिए । 

अर्थतन्त्र दिनप्रतिदिन जटिल बन्दै गएको बेला पुस्करलाई अर्थमा ल्याउनु अर्थपूर्ण देखिन्छ । उनी भारतीय दूतावाससँग निकै नजिकको व्यक्ति भएको आरोप समेत लाग्ने गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संस्थामा समेत बसेर काम गरिसका पुस्कर चतुर र कुटनीति व्यक्तिको रुपमा चिनिन्छन् । 

Advertisement