तीन अर्बको ऋणपत्र बिक्री गर्न सिटिजन्स बैंकले सेबोनबाट पायो अनुमति

Advertisement

काठमाडौं । सिटिजन्स बैंकले ३ अर्ब रुपियाँ बराबरको ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ । 

बैंकले प्रतिइकाई १ हजार रुपियाँ दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो । 

Advertisement

उक्त ऋणपत्रमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि र बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । 

१० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर पाइने छ । ‘१० प्रतिशत सिटिजन्स  बैंक बोन्ड’ नामको ऋणपत्र बिक्र गर्नका लागि यसअघि नै हिमालयन क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ ।    

Advertisement

Advertisement