डिशहोम फाइवरनेटको नयाँ अफरः ‘कनेक्सनको दोब्बर उत्सव’अन्तर्गत डबल ब्यान्डविथ

Advertisement

काठमाडौं । डिशहोम फाइबरनेटले आफ्ना ग्राहकहरुका लागि ‘कनेक्सनको दोब्बर उत्सव’ अफरको सुरुवात गरेको छ । 

आजको डिजिटल युगमा छिटो र भरपर्दो इन्टरनेट सबैको आवश्यकता बनिसकेको बताउँदै कम्पनीले चाडपर्वको मौसममा यस योजनामार्फत डिशहोम इन्टरनेटको नयाँ कनेक्सन लिने ग्राहकले एक दाममा डबल ब्यान्डविथको अफर सुरु गरेको बताए ।  

Advertisement

अब ५० एमबीपीएसको पैसा तिर्दा १०० एमबीपीएस ब्यान्डविथ पाउने सकिने जनाइएको छ । यो अफर अन्तर्गत ग्राहकहरुले शुलभ मूल्यमा डिशहोम फाइवरनेटको उच्च गति र उत्कृष्ट सेवाको अनुभव लिनसक्ने डिशहोमको विश्वास छ । 

डिशहोम भन्छ, ‘नेपालको सबैभन्दा छिटो, भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्नको लागि कम्पनी सधै तत्पर छ । ग्राहकहरुले आफ्नो बजेट अनुसारको इन्टरनेट र टिभी प्याकेज छानिछानि लिन पाउने र अन्य सेवा प्रदायकको भन्दा छिटो छरितो र उत्कृष्ट ग्राहक सेवाका कारण पछिल्लो समय डिशहोम फाइवरनेट लोकप्रिय इन्टरनेट सेवा प्रदायक बन्न सफल भएको छ ।’ 

डिशहोम फाइवरनेटको जडान तथा अन्य सेवा  नजिकैको डिलर अथवा कम्पनीको ग्राहक सेवा केन्द्रको फोन नम्बर ०१–५९७०३६५ मा फोन गरेर लिन सकिने छ । 

यो योजनाअन्तर्गत इन्टरनेट जडान जडान गर्ने ग्राहकले निम्नबमोजिमको ब्यान्डविथ शुलभ मूल्यमा पाउन सकिनेछन्ः  

*५०+५० एमबीपीएसः एक वर्षका लागि १०० एमबीपीएस ब्यान्डविथ उहि पुरानै ५० एमबीपीएसको मुल्यमा मात्र रु.७,८९८ (भ्याट वाहेक) मा जडान गर्न सकिने ।

*७५+७५ एमबीपीएसः एक वर्षका लागि १५० एमबीपीएस ब्यान्डविथ उहि पुरानै ७५ एमबीपीएसको मुल्यमा मात्र रु.८,७५९ (भ्याट वाहेक) मा जडान गर्न सकिने ।

*१००+१०० एमबीपीएसः एक वर्षका लागि २०० एमबीपीएस ब्यान्डविथ उहि पुरानै  १०० एमबीपीएसको मुल्यमा मात्र रु.९,६९८ (भ्याट वाहेक) मा जडान गर्न सकिने ।

*१५०+१५० एमबीपीएसः एक वर्षका लागि ३०० एमबीपीएस ब्यान्डविथ उहि पुरानै १५० एमबीपीएसकै मुल्यमा मात्र रु.७,८९८ (भ्याट वाहेक) मा जडान गर्न सकिने ।

Advertisement