पर्यटनमन्त्रीको लामो समयदेखिको अवरोधले रोक्किएको पर्यटन बोर्डको बजेट बल्ल पास

Advertisement

काठमाडौं । नेपाल पर्यटन बोर्डले चालु आर्थिक बर्षका लागि दुई अर्ब एक करोड २३ लाख ४५ हजार रुपियाँको बजेट स्वीकृत गरेको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफूले भनेअनुसारको बजेट नल्याएको भन्दै लामो समयदेखि बोर्डको बजेटको बजेट पास गर्न दिएका थिएनन् । बजेट पास नहुँदा बोर्डका कर्मचारीहरु दुई महिनादेखि पारिश्रमिक बिहीन भएका थिए । 

Advertisement

बोर्डले पास गरेको बजेट अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा नै केन्द्रित रहेको जनाइएको छ । शनिबार बसेको बोर्ड बैठकले यसअघि प्रस्तावित बजेटमा परिमार्जनसहित पास गरेको हो । 

बोर्डले विभिन्न मेला महोत्सव, पर्यटन पूर्वाधार, पर्यटन प्रवर्द्धनका लागि हुने आन्तरिक गतिविधिका विभिन्न योजनासहित बजेट पारित गरेको हो । 
 

Advertisement