अपडेटः चिनियाँले ल्याएको अवैध सुन ‘रिसिभ’ गर्न आएका एक भारतीय पनि पक्राउ

Advertisement

काठमाडौं। त्रिभुवन विमानस्थल भन्सार कार्यालयले सुनसहित एक चिनियाँ र एक भारतीयलाई पक्राउ गरेको छ । आइतबार ३७० ग्राम सुनसहित एक चिनियाँ महिला पक्राउ परेकी थिइन् । 

उनले ल्याएको सुन लिन (रिसिभ गर्न) बसेका अर्का एक भारतीय नागरिक पनि पक्राउ परेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ । चाइना साउथअर्न एयरलाइन्सबाट काठमाडौं आएकी चिनियाँ नागरिक गोन्सोङचु तीन वटा सुनको बालासहित पक्राउ परेकी थिइन् । 

Advertisement

गोन्सोङचु पक्राउ परेसँगै सोधपुछ सुरु भएपछि उनले ल्याएको सुन लिन बसेका भारतीय नागरिक थिनले नामयाल पक्राउ परेको त्रित्रि भन्सार कार्यालयका निर्देशक मुक्ति श्रेष्ठले जानकारी दिए । 

उनले भने, ‘हामीले अराइभल कक्षबाट तीन वटा सुनको बालासहित एक चिनियाँ र एक भारतीय नागरिकलाई पक्राउ गरेका छौं । थप अनुसन्धान हुँदैछ।’

गोन्सोङचुले सुन लुकाएर ल्याएको अवस्थामा समातिएको हो। ती महिलासँग जोडिएका अन्य व्यक्तिहरुको समेत खोजी भइरहेको कार्यालयले जनाएको छ । 

पछिल्लो समय त्रित्रि विमानस्थल भन्सार कार्यालयबाट ६० किलो ७१६ ग्राम सुन बाहिरिएपछि कार्यालयले सामान चेकजाँच तथा यात्रु आगमन कक्षमा कडाईका साथ चेकजाँच गर्ने गरेको छ । सिमित स्रोत साधनकाबीच पनि आफूहरु उच्च जोखिममा काम गरिरहेको भन्सारका कर्मचारीका कर्मचारीहरु बताउँछन् । 

Advertisement