पासाङ ल्हामु शेर्पा अकिताद्धारा मनास्लु हिमालको सफल आरोहण

Advertisement

काठमाडौं । पहिलो महिला पर्वतारोहण प्रशिक्षक पासाङ ल्हामु शेर्पा अकिताले मनास्लु हिमालको सफल आरोहण गरेकी छन् । 

उनले आज दिउँसो २ः१८ मिनेटमा विश्वको आठौं अग्लो हिमाल मनास्लु हिमालको सफल आरोहण गरेको इमाजिन नेपाल ट्रेक्स कम्पनीले जानकारी दिएको छ । 

Advertisement

उनले विश्वको आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु मध्ये १० वटा हिमालहरुको सफल आरोहण गरेकी छन् ।  शेर्पा नेपालको पहिलो महिला पर्वतारोहण प्रशिक्षक र केटु हिमालको शिखरमा पुग्ने पहिलो नेपाली महिला पनि हुन् । 

Advertisement

Advertisement