कतारमा थुप्रै विवादमा पर्दै पक्राउसमेत परेका आरके शर्मा एनआरएनएको अध्यक्षका उम्मेदवार

Advertisement

काठमाडौं । कतारमा ठेक्कापट्टाको व्यवसाय गर्दै आएका आरके (राजेन्द्रकुमार) शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न २०२३–२५ को कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । 

कतारमा रहेर लामो समयदेखि माओवादी केन्द्रसँग नजिक रहेर राजनीतिसमेत गर्दै आएका उनले उम्मेदवारी घोषणा गरेका हुन् । कतारी कानुनविपरितको नाटक प्रदर्शन गरेको भन्दै त्यहाँको प्रहरीले शर्मालाई पक्राउ गरी हप्तौंसम्म परिवारलाई समेत भेटन नदिई हिरासतमा राखेको थियो । 

Advertisement

गैरआवासीय नेपाली संघको मध्यपूर्व संयोजक रहँदा पक्राउ परेका उनलाई छुटाउन स्थानीय नेपाली संघसंगठनले निकै कसरत गर्नुपरेको थियो । साँस्कृतिक कार्यक्रममा कतारमा श्रमिकहरुमाथि शोषण र अत्याचार गरिएको सन्देश जाने नाटक देखाएका कारण उनी पक्राउ परेका थिए । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको निकटताको फाइदा उठाउँदै विवादास्पद काम गर्दै आएका शर्मा अहिले संघको उपाध्यक्ष छन् । कतारका लागि तत्कालिन विवादास्पद राजदूत मायाकुमारी शर्मासँग पनि आरके शर्माको विशेष सहकार्य रहेको बताइन्छ । उनको अस्वाभाविक कमाईको विषयलाई समेत कतिपयले प्रश्न उठाउँदै आएका छन् ।    

शर्माले नेपालमा नभई कतारको एक भव्य र्याडिसन ब्लु होटलमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।  उनले आफ्नो उम्मेदवारीसँगै २४ बुँदे प्रतिवद्धता पनि सार्वजनिक गरेका छन्, जसमा नेपालमा लगानी गर्ने कुरा र प्रवासमा काम गर्नेहरुको हकहितको कुरालाई बढी जोड दिइएको छ । 

Advertisement

Advertisement