नेपाली मूलका बेलायती व्यवसायी दिपेन्द्र गुरुङको ‘हिमालय जेट’ नक्कली होइन्ः क्यान

Advertisement

काठमाडौं । नेपाली मूलका बेलायती व्यवसायी दिपेन्द्र गुरुङको ‘हिमालय जेट’ नक्कली नभएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । हिमालय जेटले १८ वटा जहाजहरुमार्फत नेपालसहित विभिन्न मुलुकमा उडानको तयारी गरिरहेको बेला सो कम्पनी ‘फेक’ (नक्कली) भएको हल्ला चलेको थियो । 

दिपेन्द्र गुरुङले निकै ठूलो लगानीको तयारीका साथ ‘हिमालय जेट’ स्थापना गरेको समाचार कर्पोरेट नेपालले यसअघि वैशाख २६ गते नै प्रकाशित गरेको थियो । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार हिमालय जेटको टिम उडान प्रक्रिया पूरा गर्ने विषयमा छलफल गर्न आएको जानकारी पनि दिए । 

Advertisement

हिमालयन जेटले औपचारिकरुपमा अहिलेसम्म निवेदन भने दिइनसकेको र उनीहरुले बेलायतमा उडान सञ्चालनको तयारी गरिरहेको पाइएको बताउँदै नेपालमा उडान सञ्चालनका लागि के के नियम पूरा गर्नुपर्छ ? सोबारे जानकारी दिएको बताएको छ । हिमालय एयरलाइन्सले आफ्नो कम्पनीको तर्फबाट काम गर्ने जनरल सेल्स एजेन्ट तोकिसकेको छ । 

भुलले भने, ‘हामीले उनीहरुको सम्पूर्ण कुराहरु अध्ययन गरेर स्वीकृति दिएपछि मात्रै हिमालय जेटको स्केजुल (तालिका) उडानहरु सुरु हुन्छ । करिब दुई हप्ता अगाडी अनौपचारिक रुपमा के–के प्रक्रिया हुन्छ उडान सुरु गर्न ? भनेर बुझ्न आएको थियो उनीहरु ।  हामीले प्रक्रिया बुझाउनुका साथै कुनै पनि टिकट काटन र बुकिङ गर्नुअघि क्यानको अनुमति लिएर मात्र गर्न सम्झाएका छौं ।’ 

हिमालय जेटको टिमले बेलायतको सम्पूर्ण प्रक्रिया पूरा गरेर अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न मिल्ने भएपछि नेपालमा औपचारिक रुपमा अनुमतिको प्रक्रिया सुरु गर्ने बताएर गएको उनले बताए । तालिका उडानको लागि समय लाग्ने भयो भने आफूहरु नेपालमा चार्टर उडान भए पनि गर्ने बताएर गएको भुलले जानकारी दिए । चार्टर उडान गर्न पनि जुन देशमा आधारित भएर उडान सुरु गर्ने हो, त्यो देशको सरकारबाट एयर अपरेटर सर्टिफिकेट (एओसी) लिनुपर्ने हुन्छ । त्यस्तो प्रमाणपत्र प्राप्त गरिसकेपछि मात्रै हिमालय जेटले नेपालसहित अन्य मुलुकमा उडान अनुमतिका लागि प्रक्रिया सुरु गर्नसक्छ । 

उनले भने, ‘उनीहरुले अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सबै तयारी गरेको देखिए पनि अझै एओसी प्राप्त गरेको छैन् । त्यहाँको यड्डयन अथोरिटिबाट एओसी पाएपछि बेलायतले यो हाम्रो देशको एयरलाइन्स हो भनेर तोकेर हामीलाई पठाउछ । त्यसपछि हामीले उडानका लागि अनुमति दिन मिल्नेनमिल्ने हेरेर दिने हो ।’ 

तर उनीहरुले आफनै देश यूकेबाट एओसी ९एयर अपरेटर सटिफिकेट० प्राप्त गरेको छैन् । उनीहरुले त्यहाँको क्यानबाट 'एयर अपरेटर सटिफिकेट' प्राप्त गरी सकेपछि । यूकेले यो हाम्रो देशको एयरलाइन्स हो भनेर तोकेरा हामीलाई पठाउछ ।’ 

हिमालय जेटले लक्जरी प्वाइन्ट टू प्वाइन्ट उडान सेवा उपलब्ध गराउने यसअघि गुरुङले बताए । विश्वभरका उच्चस्तरीय होटलहरूमा सञ्चालन हुने लक्जरी सिनेमा चेन ‘प्राइम’ सञ्चालन गर्दै आएका उनको कम्पनीले प्रारम्भिकरुपमा १८ वाइड बडी जहाजमार्फत विश्वका विभिन्न पर्यटकीय केन्द्र र शहरहरुमा उडान सुरु गर्ने यसअघि घोषणा गरिसकेको छ । यस एयरलाइन्सको प्राविधिक केन्द्र बेलायत र अमेरिकामा रहने गुरुङले बताएका छन् । 

उनको सर्वसुलभ भाडादरमा उडान सेवा सञ्चालन गर्ने बताउँदै लन्डन, म्यानचेस्टर, पेरिस, नाइस, रोम, मिलान र जुरिच, न्यूयोर्क, वासिङ्गटन डीसी, लस एन्जलस, मियामी, नयाँ दिल्ली, मुम्बई र काठमाडौंमा उडान गर्ने योजना बनाएको छ । 

व्यवसायी गुरुङले आफू नेपाली मुलको भएकाले एयरलाइन्सको नाम ‘हिमालय’ राखेको जनाएका छन् । यस नामले नेपालको सगरमाथालगायत विश्वका अग्ला हिमशिखरहरुको प्रतिनिधित्व गर्ने उनको विश्वास छ । 

गुरुङले भने, ‘नेपाल र यूकेबिचको हवाई सेवा सम्झौता हामी (क्यान)सँग पहिला नै छ । हवाई सेवा सम्झौताअनुसार नेपाल र यूकेबीच हप्ताको तीन वटा उडान गर्न मिल्छ । त्यो हवाई सेवा सम्झौता १९९४ मा भएको हो । त्यसैले नेपाल र यूकेबीच उडान गर्न समस्या छैन् । 

Advertisement

Advertisement