सुपारी निकासीको बाटो खोल्ने योजनामा उद्योगमन्त्री, सुपारी व्यवसायीसँग छलफल गरिने

Advertisement

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपालको सुपारी भारत निकासी गर्न आवश्यक पहल गर्न तयार रहेको बताएका छन् । 

बुधवार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समिति बैठकमा उनले सुपारी व्यवसायीहरुसँग छलफल गरेर यसको विषयमा सरकारले निर्णय लिने बताए । 

Advertisement

रिजाल उद्योग मन्त्रालयले भारत सरकारसँग सुपारी निर्यातको लागि पत्र लेखेर सहजीकरण गर्ने विषयमा सरकार तयार रहेको बताए । उनले नेपाल सुपारी खेती विकास संस्थालाई ओरिजिनल सर्टिपिकेट बनाउन नेपाल उद्योग वाणिज्य महासंघले नगरि अरुलाई भारतले नचिन्ने बताए । 

रिजालले नेपालमा उत्पादित सुपारी गुणस्तरिय रहेकाले नेपालमा भन्दा पनि नेपाली उत्पादित सुपारीको बजार भारत नै भएको बताए । उनले भारत निर्यातको लागि मन्त्रालयले सहजीकरण गर्ने तयार रहेको बताए । रिजालले नेपालमा उत्पादित सुपारी गुणस्तरीय भएकाले नेपालका गुट्का उद्योगले खरिद गर्न नसक्ने भन्दै नेपाली सुपारीको बजार नेपाल नभएको दाबी गरे । 

उनले भारत निर्यातको लागि भारत सरकारसँग सहजिकरणको लागि पत्र लेख्न पनि तयार रहेको बताए । मन्त्री रिजालले बाहिरबाट नेपालमा सुपारी निर्यात गर्नुपर्ने बाध्यता रहेको बताए । उनले नेपाल डब्लुटिओको पनि सदस्य भएकाले विना कुनै कारण कुनै वस्तु आयात रोक्न नपाउँने भएकाले समस्या रहेको बताए । 

रिजालले नेपालको उद्योगहरुले १० हजार मानिसहरुलाई रोजगारी दिएको भन्दै सुपारी आयात रोक्दा १० हजार मानिसहरु बेरोजगार हुने सम्भावना रहेको बताए । उनले नेपालमा उत्पादित सुपारी भारत निर्यातको लागि सरकार सहजीकरण गर्न तयार रहे पनि केही व्यवहारिक अफ्ठ्यारो रहेको बताए । 

Advertisement

Advertisement