पन्ध्र करोड रुपियाँ बराबरको हुण्डी कारोबार गर्ने चार जनाविरुद्ध मुद्दा दर्ता

Advertisement

काठमाडौं । राजश्व अनुसन्धान विभागले अवैध हुण्डी कारोबार गर्ने चार जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । 

सिरहा नगरपालिका १७ का प्रेमकुमार यादव, वडा नम्बर ७ का सञ्जयकुमार साह, वडा नम्बर १ का पवनकुमार यादव र सोही वडाका अरुण यादव विरुद्ध १५ करोड एक लाख ८६ हजार आठ सय रुपियाँ बराबरको रकम अबैध रुपमा कारोबार गरेको अनुसन्धानबाट पुष्टी भएको विभागको भनाई छ । 

Advertisement

अभियुक्तमध्ये प्रेमकुमार र सञ्जयकुमार पक्राउ परेका छन् भने पवनकुमार र अरुण कुमार फरार छन् । 

undefined


   
 

Advertisement