यो ठगी हो, मूल्य मात्रै नियन्त्रण होइन्, स्वास्थ्यका लागि हानीकारक भएकाले उत्पादन नै रोक्नुपर्छः उपभोक्ता अधिकारवादी बानिया

बोटलर्सले दशैंको मुखमा बढायो कोकको मूल्य, कर छलीको अर्बौं रुपियाँ उभोक्ताबाटै उठाउँदै

Advertisement

काठमाडौं । बोटलर्स नेपाल प्रा.लि.ले चाडपर्वको मुखमा आफ्नो उत्पादनको मूल्यवृद्धि गरेको छ । दशैं र तिहारमा कोकाकोला, फेन्टा, स्प्राइटको प्रयोग बढ्ने अवसर छोपेर कम्पनीले मूल्य बढाएको हो । 

बोटलर्स नेपाल तराई र बोटलर्स नेपाल बालाजु दुबैले मूल्यवृद्धि गरेका हुन् । कम्पनीले सोमबार (असोज १५ गतेदेखि) लागू हुनेगरी मूल्यसूची सार्वजनिक गरेको हो । नयाँ मूल्यसूचीअनुसार १.५ लिटरका छ वटा बोलतको केस (काटुृन)को मूल्य एक हजार १४० रुपियाँ तोकिएको छ । 

Advertisement

पूरानो मूल्यमा प्रतिकेस ९० रुपियाँ बढाएर नयाँ मूल्य तोकिएको हो । असोज १४ गतेअघि प्रतिकेस एक हजार ४० रुपियाँ रेहको थियो । नयाँ मूल्यअनुसार १.५ लिटरको बोतलको १९० रुपियाँ तोकिएको छ । यसअघि यसको मूल्य १७५ रुपियाँ मात्रै थियो । यो हिसावले प्रतिबोतल १५ रुपियाँ बढाएको छ । 

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोकाकोला स्वास्थ्यको लागि हानीकारक रहेको अध्ययनका आधारमा तथ्य सार्वजनिक गरे पनि यसको प्रयोग खासै घट्न सकेको छैन् । नेपालमा विशेषगरी चाडपर्वमा यसको प्रयोग बढी हुने गर्दछ । मानिसले चाडपर्वमा मूल्यमा खासै प्रश्न नउठाउने मौका छोपेर बोटलर्सले उपभोक्तामाथि शोषण गरेको छ । यद्यपि यस विषयमा उपभोक्ता अधिकारवादीहरु मौन देखिन्छन् । 

खुद्रा बिक्रेता कमिशन प्रतिकेस ९५ रुपियाँ तोकिएको छ । यसैगरी २.२५० लिटरको कोकाकोला, स्प्राइट र फेन्टाको प्रतिकेश एक हजार ६२० रुपियाँ पुर्याइएको छ । यो सेग्मेन्टमा पनि कम्पनीले प्रतिकेस ९० रुपियाँ वृद्धि गरेको छ । अब २.२५ लिटरको कोकाकोला, स्प्राइट र फेन्टाको प्रतिबोतल २७० रुपियाँ पर्न जान्छ जसमा प्रतिबोतल १५ रुपियाँ बढाएको हो । 

बोटलर्स नेपाल ठूलो कर विवादमा परेको कम्पनी हो । यो कम्पनीलाई आन्तरिक राजश्व विभागअन्तर्गत ठूला करदाता कार्यालयले पाँच अर्ब ४२ करोड जरिवाना सुनाएको छ । यसैगरी, राजश्व अनुसन्धान विभागले पनि सात अर्बभन्दा धेरै बिगो माग दाबी गर्दै सञ्चालक विरुद्ध मुद्दा दायर गरेको छ ।

दुई सरकारी निकायले कर छलीमा कारबाही गरेपछि कम्पनीले उपभोक्ताबाटै रकम उठाउने रणनीति लिएको देखिन्छ । कम्पनीले बढी बिक्री हुने समयमा मूल्यवृद्धि गरी उपभोक्तालाई अन्याय गरेको छ । 

यो ठगी नै हो, उत्पादन नै बन्द गर्नुपर्छः बानियाँ
उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले कोकाकोला जस्ता बेभरेज कम्पनीले दशैंको मुखमा उपभोक्तामाथि चर्को मूल्यवृद्धि गर्नु सरासर गठी भएको बताए । उनले यस्ता बहुर्राष्ट्रिय कम्पनीहरुबाट देश र जनतामाथि हुने गरेको ठगीबारे सरकारी निकायहरु मौन बस्ने गरेको बताउँदै डब्ल्युएचओले समेत स्वास्थ्यका लागि हानीकारक भनेका यस्ता पेय पदार्थको उत्पादन नै बन्द गर्नुपर्ने बताए । 

बानियाँले जनताको स्वास्थ्यभन्दा ठूलो अरु कुरा हुँदैन भन्दै सरकारलाई केही राजश्व आउँछ भन्ने नाममा हरेक कुरामा सरकारले सम्झौता गर्दै जान नहुने बताए । उनले कोकाकोला भनेको चिनी–पानी मात्रै नै हो भन्दै फर्मुलाका नामाम यसमा मिसाइएका कतिपय रासायनिक वस्तु स्वास्थ्यका लागि हानीकारक हो भन्ने सिद्ध भएको अपस्थामा सरकार गम्भीर हुनुपर्ने बताए । 

भारतमा पेप्सी जस्ता कतिपय पेय पदार्थलाई प्रतिवन्ध लगाए जसतै नेपालमा पनि लगाउन सकिने बानियाँको भनाई छ । उनले बेभरेजहरुको ठगी रोक्न सम्वन्धित सरकारी निकायले मूल्य नियन्त्रणको कडा निर्णय गर्ने र अटेर गरे कारवाही गर्नुपर्ने बताए ।  

undefined

 

दुई सरकारी निकायले कर छलीमा कारबाही गरेपछि कम्पनीले उपभोक्ताबाटै रकम उठाउने रणनिति लिएको हो। कम्पनीले बढी बिक्री हुने समययमा मूल्य वृद्धि गरी उपभोक्ता ठगि गरेको हो।  

Advertisement