नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

Advertisement

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा नायव प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल नियुक्त भएकी छिन् । 

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आजको मन्त्रीस्तरीय निर्णयबाट उनलाई कम्पनीको प्रबन्ध निर्देशक पदमा अर्को व्यवस्था नभए सम्मका लागि निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको हो ।

Advertisement

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल भ्रष्टाचारको मुद्दा दर्ता भई निलम्बित हुँदा उनको पहाडीले निमित्तको जिम्मेवारी पाएकी हुन् । 
 

Advertisement

Advertisement