दमाम उडेको नेपाल वायुसेवाको जहाज प्राविधिक समस्या देखिएपछि काठमाडौं फिर्ता

Advertisement

काठमाडौं । दमाम जान गए राति उडेको नेपाल वायुसेवाको जहाजमा प्राविधिक समस्या देखिएपछि बीच बाटोबाटै काठमाडौं फर्किएको छ ।

राति १२ बजे दमामका लागि उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि बीच बाटोबाटै फर्किएर बिहान ४ः५१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । 

Advertisement

नेपाल वायुसेवाको आरए४१२ नम्बरको जहाज ‘टिकास’ प्रणालीले खतराको संकेत देखाएपछि गन्तव्यमा नपुगी फर्किएको हो । यो प्रणालीमा समस्या आएपछि आकाशमा उडेका नजिकका अरु जहाजहरुको बारेमा जानकारी पाउन नसकिने, यस्तो अवस्थामा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको उचाईभन्दा कम उचाईमा उड्नुपर्ने हुन्छ । 

जहाजको अहिले इन्जिनियरहरुबाट प्राविधिक चेकजाँच भइरहेको निरौलाले जानकारी दिए ।  

Advertisement

Advertisement