चाडपर्वलक्षित अफरसहित अत्याधुनिक विशेषताको भिभो भी२९ फाइभजी नेपालमा सार्वजनिक

Advertisement

काठमाडौं । विश्वव्यापी रुपमा लोकप्रिय प्रविधि ब्रान्ड भिभोले नेपालमा आफ्नो भी सिरिजअन्तर्गत नयाँ स्मार्टफोन भी२९ फाइभजी सार्वजनिक गरेको छ । बिहीबार आयोजित कार्यक्रममा यो मोवाइल लन्च गरिएको हो । 

भी सिरिजको निरन्तर आविष्कार, आधुनिक डिजाइन र अत्याधुनिक क्यामेरा कार्यक्षमतालाई दर्साउँदै भी२९ फाइभजी हाल नेपालमा उपलब्ध भएको भिभो नेपालले जनाएको छ । भी२९ फाइभजीको सबैभन्दा उत्कृष्ट विशेषतामध्ये १२०हर्ज थ्री डी कर्भ स्क्रिन एक आकर्षक विशेषता हो भन्दै भिभोले यसले स्मार्टफोन बजारमा स्लिम स्मार्टफोनको नयाँ मापदण्ड कायम गरेको बताएको छ । 

Advertisement

यो स्मार्टफोनमा औरा लाइट पोट्र्रेट, ५० एमपी अटोफोकस ग्रुप सेल्फीलगायतका विशेषताहरु समावेश छन् जसले फोटोग्राफी क्षमतालाई वृद्धि गर्दछ । नयाँ स्मार्टफोन सार्वजनिकसँगै भिभोले चाडपर्वको समयलाई अझ विशेष बनाउँन आफ्ना ग्राहकहरुका लागि अक्टोबर ५ देखि नोभेम्बर २१ सम्म आकर्षक दशैं अफर ल्याएको छ ।

नयाँ स्मार्टफोन सार्वजनिक गर्दै भिभो नेपालका जनरल म्यानेजर माइकलले भिभो अनुसन्धान र नवीनतालाई प्राथमिकतामा राखेर ग्राहकहरुलाई आकर्षक विशेषताका स्मार्टफोन प्रदान गर्न प्रतिबद्ध रहेको बताए । उनले भिभोको भी सिरिजले फोटोग्राफी, डिजाइन र कार्यसम्पादन क्षमताले प्रयोगकर्ताहरूलाई निरन्तर आकर्षित गर्दै आइरहेको बताए । 

नजिकदै गरेको चाडपर्वलाई लक्षित गर्दै, भिभोले ग्राहकहरूलाई आकर्षक पुरस्कारहरू प्रदान गर्दै आएको छ । भिभोले ‘आयो दशैं, लाग्यो तिहार, भिभो किन्दा बुलेट उपहार’ अफर ल्याएको छ । यो अफर अक्टोबर ५ देखि नोभेम्बर २१ सम्म लागू हनेछ । उक्त अफर अन्तर्गत एक जना भाग्यशाली विजेताले नयाँ भिभो भी२९ फाइभजी जित्न सक्नेछन् भने ग्राण्ड पुरस्कार अन्तर्गत एक जना विजेताले रोयल इनफिल्ड बाइक जित्ने मौका पाउनेछन् । 

यसको साथै, भिभोले तीन भाग्यशाली विजेताहरूका लागि बाई–वान–गेट–वन अफर पनि ल्याएको छ । छ सयदेखि एक हजार ग्राहकहरुले ब्लुटुथ स्पिकर प्राप्त गर्ने छन् । तीन हजारदेखि पाँच हजार ग्राहकहरुले भिभोको स्टाइलिस ब्याग, पाँच हजारदेखि आठ हजार ग्राहकहरुले भिभोको बोतल तथा दश हजारदेखि १५ हजार ग्राहकहरुले रिचार्ज कार्ड प्राप्त गर्न सक्नेछन् । यो अफरमा सहभागी हुन ग्राहकहरुले हरेक भिभो फोनको खरिदमा भिभोसाइन डटकममा रजिष्टर्ड गरी आकर्षक पुरस्कारहरु प्राप्त गर्न सक्नेछन् । 

भिभो भी२९ फाइभजी डिजाइन, क्यामेरा क्षमताहरू र कार्यसम्पादनको उत्कृष्ट संयोजन भएको एक प्रभावशाली स्मार्टफोन हो । यो स्मार्टफोन दुई आकर्षक रंग –पीक ब्लू र नोबेल ब्ल्याकमा उपलब्ध रहेको छ जसले स्टाइल र परिष्कृत स्मार्टफोनको प्रतिनिधित्व गर्दछ । यसको पीक ब्लू भेरियन्टमा थ्रीडी म्याग्नेटिक पार्टिकल र नोबेल ब्ल्याक भेरियन्टमा फ्लोराइट एजी ग्लास जस्ता नवीन प्रविधिहरू प्रयोग भएको छ जसले स्मार्टफोनको स्लीक एस्थेटिक डिजाइन लाई वृद्धि गर्दछ । यो स्मार्टफोनको १२० हर्ट्जको थ्रीडी कर्भ्ड स्क्रिनले अल्ट्रा–स्लिम सौन्दर्य डिजाइनसँगै एकीकृत रुपमा इमर्सिभ तथा दृश्यात्मक रूपमा आकर्षक अनुभव प्रदान गर्दछ ।

यसमा ५०एमपी एचडी अटोफोकस क्यामेरा छ जसले क्रिस्प र जीवन्त शटहरू तथा भिडियोहरू लिन मद्दत गर्दछ । यसबाट ग्रुप सेल्फीहरू र उच्च गुणस्तरको भिडियो रेकर्डिङको लागि अटोफोकस ग्रुप सेल्फी तथा सुपर ग्रुप भिडियोको क्षमताहरू पनि प्रदान गर्दछ । यसमा ५०एमपी ओआईएस अल्ट्रा–सेन्सिङ क्यामेरा, ८एमपी अल्ट्रा वाइड–एंगल क्यामेरा, र २एमपी मोनोक्रोम क्यामेरा रहेको छ जसबाट सुक्ष्म तथा डेप्थ दृश्यहरू खिच्न सकिन्छ । स्मार्ट औरा लाइट पोट्र्रेट विशेषताले गर्दा कम प्रकाशमा पनि उत्कृष्ट फोटोहरु खिच्न सकिन्छ ।  

भिभो भी२९ फाइभजीमा क्वालकम स्न्यापड्रेगन ७७८जी प्रोसेसर रहेको छ जसले सिमलेस पर्फमेन्श प्रदान गर्दछ । यसमा ८० वाट फ्ल्यासचार्ज रहेको छ भने चार हजार छ सय हर्ज ब्याट्री छ । यसमा भएको सुपर चार्ज पम्प टेक्नोलोजीले डाउनटाइम घटाउँदै चार्जिङ दक्षता बढाउँछ । भी२९ फाइभजीमा अत्याधुनिक हार्डवेयरको संयोजनले एक प्रभावकारी स्मार्टफोन अनुभव प्रदान गर्दछ ।

भिभो भी२९ फाइभजी सौन्दर्य र नवीनताको उत्कृष्ट संयोजन हो जसले प्रयोगकर्ताहरूलाई अत्याधुनिक तथा आकर्षक विशेषताहरु प्रदान गर्दछ । यसको आकर्षक रङ तथा अल्ट्रा–स्लिम डिजाइनले स्मार्टफोनलाई अझ आकर्षक बनाएको छ । यो स्मार्टफोन देशभर आकर्षक मूल्यमा रु. ५९ हजार ९९९ मा उपलब्ध छ । 

Advertisement