बीस करोडको अनलाइन बेटिङ खेलाउने शाह पक्राउ, थप अनुसन्धान हुँदै

Advertisement

काठमाडौं । अनलाइन बेटिङ खेलाएर रकम ठगि गर्ने एक व्यक्ति पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले झापाका पिन्टुकुमार शाहलाई पक्राउ गरेको हो । 

शाहले अनलाइनको प्रयोग गरी विभिन्न व्यक्त‍िलाई जुवा खेलाएको आरोप प्रहरीले लगाएको छ ।

Advertisement

ईन्टरनेटको दुरुपयोग गरी वान एक्स बेट, मी वान बेट, डब्लु डब्लु डब्लु थ्रीएटएटएट (www3888), रुपि बेट, स्काई चेन्ज, बेल्लीज बेट (Bally’s bet),खेल विन, इन्डियो ट्वान्टी फोर बेट (Indio24bet), क्न्गेम एटएट (kngem88) जस्ता वेवसाइटहरुको प्रयोग भएको देखिएको प्रहरीले उल्लेख गरेको छ ।

इन्टरनेटको प्राइभेट नेटवर्कको पब्लिक नेटवर्क आईपी एड्रेसबाट संचालन गरी पार्टीसिपेट एड्मिन युजरहरुलाई अनलाइनबाटै विभिन्न बैंक खाताहरुमा रकम जम्मा गर्न लगाई अनलाइन जुवा खेलाउने गरेको प्रहरीको दाबी छ । 

सट्टाबाजी जस्ता गेम खेली/खेलाई पार्टिसिपेटहरुले नेपाल राष्ट्र बैंकको नियम बिपरित गैरकानुनी रुपमा करोड लाख १५ लाख बराबर रकमको कारोबार गर्ने कार्यमा संलग्न  रहेको प्रहरीले जनाएको छ । 

 कार्यालयले साहलाई पक्राउ गरी (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने) कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागी जिल्ला प्रहरी परिसर टेकु, काठमाडौंमा पठाएको छ ।
 

Advertisement

Advertisement