देशभर अधिकांश ‘आईभीएफ सेन्टर’ मापदण्डविपरित सञ्चालनमा

Advertisement

काठमाडौं । देश भरका अधिकांश आईभीएफ सेन्टर’ अवैध रुपमा सञ्चालन भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट देशभरका नौ वटा आईभीएफ सेन्टरले इनभिट्रो फर्टिलाइजेसन अर्थात टेस्टट्युब बेबी सेवा सञ्चालनका लागि अनुमति पाएका छन् ।

अहिले राजधानीलगायत देशका विभिन्न शहरहरुमा ५० भन्दा बढी आईभीएफ सेन्टर सञ्चालनमा छन् । राजधानी काठमाडौंमा नै धेरै आईभीएफ सेवा दिइरहेका सेन्टरहरु इजाजत नलिई गैरकानूनी तरिकाले सञ्चालन भइरहेका छन् । 

Advertisement

स्वास्थ्य मन्त्रालय अन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा.मदन उपाध्यायले देशभर सञ्चालनमा रहेका मध्य नौ वटा संस्थाले मात्र मापदण्ड पूरा गरेर सञ्चालन अनुमति प्राप्त गरेको जानकारी दिए । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार वात्सल्य नेचुरल आईभीएफ काठमाडौं क्रियटर्स आईभीएफ नेपाल काठमाडांै, वरदान फर्टिलिटी सेन्टर काठमाडाँै, नर्भिक अन्तर्राष्ट्रिय हस्पिटल काठमाडौं, मनमोहन आईभीएफ सेन्टर, नेपाल इन्टरनेशनल एण्ड ल्याप्रोस्कोपी, स्नेह फर्टिलिटी सेन्टर, एञ्जल फर्टिलिटी सेन्टर काठमाडौं र ह्यम्स अस्पतालले संचालनको अनुमति पाएका छन् ।

देशका विभिन्न शहरमा अनुमति नलिएका तर आईभीएफ सेन्टर सञ्चालन गरिरहेका संस्थाहरु पनि छन् । ३८ वटा आईभीएफ सेन्टर अनुमतिको प्रक्रियामा रहेका तर आईभीएफ सेन्टर सञ्चालन गरिरहेका संस्थाहरु पनि छन् । 

जनस्वास्थ्य सेवा नियमावली, २०७७ को नियम १२ अनुसार निजी, गैरसरकारी वा गैरनाफामुलक सामुदायिक स्वास्थ्य संस्थाका लागि टेष्ट ट्युब बेबी सेन्टर सञ्चालन गर्न इजाजत लिनुपर्ने प्रावधान छ । अनुमति नलिइ सञ्चालन गर्नु गैरकानूनी मानिन्छ । यसरी सञ्चालनमा आएका आईभीएफ सेन्टरले सेवाग्राहीबाट मनपरी शुल्क असुल्ने गरेको गुनासो पनि आइरहेको छ । सरकारले आईभीएफ शुल्कबारे स्पष्ट व्यवस्था नगर्दा र मापदण्ड नतोक्दा सेवाग्राही ठगिनेको संख्या बढेको छ ।

Advertisement