एकैपटक विवरण बुझाउँदा प्रणालीले नधान्ने, ठूला र साना करदातालाई तोकियो फरक-फरक मिति

Advertisement

काठमाडौं । आन्तरिक राजस्व विभागले आय विवरण बुझाउने म्याद साना र ठूला करदाताका लागि फरक–फरक तोकेको छ । विभागले एकै पटक विवरण बुझाउँदा प्रणालीले धान्न नसक्ने भएपछि मिति फरक पारकेो हो । 

विभागका अनुसार ठूला करदाता कार्यालय र मध्यमस्तरीय करदाता कार्यालय अन्तर्गतका करदाताका लागि एकै पटक म्याद थप माग गर्दा तीन महिना म्याद थप गर्ने विभागले जनाएको छ । यस्तै अन्य करदाताका लागि भने मंसिर मसान्तसम्म मात्रै तोकेको हो । 

Advertisement

यदि मंसिर मसान्तसम्म पनि विवरण बुझाउन नसक्ने करदाताले पुनः निवेदन दिनु पर्नेछ । यो निवेदनबाट १ महिनाको लागि म्याद थप हुने विभागले जनाएको छ । 

आयकर ऐन,२०५८ को दफा ९६ बमोजिमको करदाताले आर्थिक वर्ष सकिएको तीन महिनाभित्र आय विवरण पेश गर्नुपर्ने  व्यावस्था छ ।  तीन महिनाभित्र पेश गर्न नसक्ने करदाताले सोही ऐनको दफा ९८ को उपदफा (१) र (२) मा व्यवस्था अनुसार बढीमा तीन महिनासम्म म्याद थप गर्न सक्ने व्यवस्था छ। 

एकैपटक आय विवरण दाखिला गर्दा प्रणालीमा पर्नजाने अत्याधिक चापको कारण करदातालाई असुविधा पर्ने विभागको भनाई छ।  ठूला करदाता कार्यालय र मध्यमस्तरीय करदाता कार्यालय अन्तरगतका करदाताको हकमा माग गरेबमोजिम २०८० पुस मसान्तसम्म म्याद दिएको विभागले जनाएको छ ।

यस्तै अन्य कार्यालय अन्तरगत रहेका करदाताहरुले २०८० पुससम्मको म्याद थप माग गरेमा पहिलोपटक २०८० मंसिर मसान्तसम्म म्याद थप हुने व्यवस्था गरिएको छ । उक्त अवधि भित्र मनासिव कारणले आय विवरण दाखिला हुन नसकी पुनः माग गरेमा मात्र म्याद थप गर्न सक्ने विभागले बताएको छ ।   

Advertisement