डिशहोममा दशैं ‘विशेष प्रदर्शनी’, लोकप्रिय चलचित्र ‘छक्का पञ्जा–४’ निःशुल्क हेर्न सकिने

Advertisement

काठमाडौं । बर्षभरि रिलिज भएका सर्वाधिक लोकप्रिय तथा सफल नेपाली चलचित्रहरु अहिले डिशहोममा प्रदर्शन भइरहेको छ । 

चाडपर्वको अहिलेको समयमा डिशहोमले आफ्नो ग्राहकहरुलाई मनोरन्जन प्रदान गर्न ‘दशैं स्पेशल शो’अन्तरगत लोकप्रिय नेपाली चलचित्र ‘छक्का पञ्जा ४’ प्रदर्शन गर्न लागेको जानकारी दिएको छ । 

Advertisement

डिशहोमको सबै सक्रिय ग्राहकहरुले विना कुनै अतिरिक्त शुल्क प्लस मुभीमा कार्तिक ३ र ४ गते बेलुका ७ बजे यो चलचित्र निःशुल्क हेर्न सक्नेछन् । यस्तै, दशैं मुभी फेस्ट अन्तर्गत घटस्थापनादेखि रमाईलो टिभी र प्लसमुभीमा दशैभरी नयाँ नयाँ नेपाली चलचित्र हेर्न सकिने छ ।

थप जानकारीका लागि हाम्रो ग्राहक सेवा केन्द्रको फोन नं. १६६० ०१ २२०००, ९८०११५५००० वा ०१ ४२१७६६६ मा फोन गर्न सकिने कम्पनीको भनाई छ । डिशहोमको यो प्रयासले सपरिवार सँगै बसेर नयाँ चलचित्र हेर्नका साथै भरपुर मनोरन्जन समेत लिनसक्ने उसले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ । 

Advertisement