नेपाल लाइफको दशैं लक्षित टिकटक प्रतियोगिता,  विजेताले तीस हजारसम्म पाउने

Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले दशैंको अवसर पारेर टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ । कम्पनीले अयोजना गरेको उक्त कार्यक्रमका लागि ‘तिमी यो दशैंमा के गर्छौं’ भन्ने शीर्षक दिइएको छ ।

हरेक रचनामा आउने लाइक, भ्युज र कमेन्टको आधारमा उत्कृष्ट तीन  प्रतिस्पर्धीहरु छनौट गरी प्रथम, द्वितिय र तृतीय श्रेणीमा वर्गीकरण गरेर विजेता घोषणा गरिनेछ ।

Advertisement

प्रथम हुनेलाई नगद तीस हजार रुपियाँ, द्वितीयलाई बीस  हजार रुपियाँ र तृतीयलाई दस हजार रुपियाँ पुरस्कार दिने कम्पनीले जनाएको छ । उक्त टिकटक प्रतिस्पर्धामा देशैभरबाट इच्छुक सबैले कात्तिक १ गतेदेखि १५ गतेसम्म सहभागी हुन सक्ने छन् ।  

कम्पनीका सीईओ प्रविण मण पराजुलीले बडा दशैं २०८० को अवसरमा आयोजित यस प्रतियोगितामा सहभागी हुन आग्रह गरेका छन् ।  

Advertisement