आठ वाणिज्य बैंकको नाफा बढ्दा ११ वटाको घट्यो, एक ऋणात्मक (सूचीसहित)

Advertisement

काठमाडौं । चालु आर्थिक वर्ष पहिलो त्रैमासमा समग्रमा वाणिज्य बैंकहरुको कूल नाफा घटेको छ । 

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ८ वटाले नाफा बढाउँदा ११ वटाको घटेको छ भने कृषि विकास बैंक ऋणात्मक अवस्थामा छ । 

Advertisement

सबैभन्दा बढी हिमालयन बैंकले गत आर्थिक वर्ष भन्दा यस आर्थिक वर्षको पहिलो त्रैमासमा ९८.३५ प्रतिशतले नाफा बढाएको छ । नाफा बढाउनेमा हिमालयनसहित प्रभु, नेपाल इन्भेष्टमेण्ट मेगा, प्राइम, माछापुच्छ्रे, एनएमबि, ग्लोबल आईएमई र स्ट्याण्डर्ड चार्टर्ड बैंक छन् । 

त्यस्तै सिद्धार्थ बैंकको सबैभन्दा बढी ९१ प्रतिशतभन्दा बढी नाफा घटेको छ । त्यस्तै नबिल, एभरेष्ट, सानिमा, सिटिजन्स, नेपाल एसबीआई, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया, कुमारी नेपाल बैंक, लक्ष्मी सनराइज र सिद्धार्थ बैंकको नाफा घटेको छ । 

बैंकहरुद्वारा आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार नेपाल इन्भेष्टमेण्ट मेगाले रकमका आधारमा सबैभन्दा बढी १ अर्ब ५२ करोड नाफा कमाएको छ । त्यस्तै नबिल बैंकले १ अर्ब ४६ करोड, ग्लोबल आईएमईले १ अर्ब २२ करोड, प्राइमले १ अर्ब १५ करोड, हिमालयनले १ अर्ब ५ करोड, प्रभु बैंकले १ अर्ब ३ करोड र एनआईसी एशियाले १ अर्ब १ करोड नाफा कमाएका छन् ।

यी सात बैंकबाहेक अन्यको नाफा १ अर्ब भन्दा तल छ । कृषि विकास बैंक ८८ करोड ८० लाख ७१ रुपियाँ घाटामा छ । पहिलो त्रैमासमा वाणिज्य बैंकहरुले १३ अर्ब ४७ करोड २० लाख ४५ हजार नाफा कमाएका छन् भने गत वर्षको समीक्षा अवधिमा १६ अर्ब ५५ करोड ७ लाख ६२ हजार रुपियाँ नाफा कमाएका थिए । 

कुन बैंकले कति कमाए ? 

undefined
 

Advertisement

Advertisement