एकीकृत बचत तथा ऋण सहकारी संस्थाले गर्यो साधारण सभा

Advertisement

चन्द्रपुर । रौतहटको चन्द्रपुरको एकीकृत बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारण सभा कात्तिक १८ गते शनिबार सम्पन्न भएको छ । 

संस्थाका अध्यक्ष कृष्णबहादुर खड्काको अध्यक्षता तथा मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोबिन्द न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । 

Advertisement

उक्त अवसरमा संस्थाका अध्यक्ष खड्काले बचतकर्ताहरुको विश्वास जित्दै आगामी दिन अझै शसक्त ढंगले अघि बढ्ने बताए । चन्द्रपुर, रौतहट र मधेश प्रदेशमात्रै होइन, देशकै राम्रो सहकारीका रुपमा स्थापित हुन प्रयासरत रहेको बताए । 

संचालक समितिको तर्फबाट सचिब गणेशकुमार दाहालले संस्थाले आव ०८०/८१ मा शेयर सदस्यता बृद्धि, बचत बृद्धि, क्यालेण्डर र स्मारिका प्रकाशन जस्ता योजना प्रस्तुत गरे ।

त्यस्तै लेखा समितिको प्रतिबेदन लेखा सुपरीबेक्षण समितिका संयोजक जगदिप चौधरीले प्रस्तुत गरेका थिए । कोषाध्यक्ष पार्बती खड्काले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दैै शेयर पूँजी ११ करोड ३ लाख २४ हजार ९ सय रहेको उल्लेख गरिन् । 

सभाको संचालन कूलबहादुर क्षेत्री र स्वागत मन्तव्य उपाध्यक्ष ऋषबदेब आचार्यले व्यक्त गरेका थिए ।  

कार्यक्रममा सहकारी मन्त्रालयका उपसचिव राममणी अधिकारी, मन्त्रालयका पशुविकास अधिकृत उपेन्द्रकुमार सिंह, रौतहट बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष रामविश्वास पासवान, चन्द्रपुर नगरपालिकाका सहकारी शाखा प्रमुख नसरे आलम र राष्ट्रिय सहकारी बैंक चन्द्रपुर शाखा प्रमुख रुपा थापाको आतिथ्य रहेको थियो । 

त्यस्तै सहकारीकर्मी महेन्द्र चौलागाईँ, स्वस्तिक साकोसका अध्यक्ष नरेन्द्र राना, बागमती साकोसका उपाध्यक्ष समिरबाबु कार्की, नवविकास साकोसका सचिव राजु तिवारी, सफल साकोसका सचिव अर्जुन थापा , चन्द्रपुरको प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख लगायतको आतिथ्य रहेको थियो । 

कार्यक्रममा विधार्थी भाईबहिनीहरुसहित विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो ।   

undefinedundefinedundefined

 

Advertisement

Advertisement