भारतले पठायो भूकम्प पीडितलाई राहत सामग्रीको पहिलो खेप

Advertisement

काठमाडौं । भारतले पश्चिम नेपालमा गएको शक्तिशाली भूकम्पबाट प्रभावित भएकाहरुको लागि राहत सामग्री पठाएको छ । भारतले नेपाललाई पठाएको १० करोड रुपियाँ बराबरको आपत्कालीन राहत सामग्रीको पहिलो खेप आइतबार भारतीय राजदूत नवीन श्रीवास्तवले रक्षामन्त्री पूर्णबहादुर खड्कालाई नेपालगञ्जमा हस्तान्तरण गरे । 

भारतीय वायुसेना सी—१३० उडानले ११ टनभन्दा बढी आपत्कालीन राहत सामग्रीको पहिलो खेप नेपाल ल्याएको हो, जसमा त्रिपाल, कम्बल तथा सुत्ने डस्ना, झोला, औषधि र पोर्टेबल भेन्टिलेटर, भूकम्प प्रभावितहरूका लागि चिकित्सा उपकरण आदि छन् । 

Advertisement

यसअघिको विनाशकारी भूकम्पमा भारतले आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माणका लागि एक अर्ब अमेरिकी डलर सहयोग गर्नुका साथै गोरखा र नुवाकोटमा ५० हजार घरको पुनर्निर्माणमा समेत सहयोग गरेको थियो । 

Advertisement

Advertisement