मुद्दतीमा राखेर ब्याज आर्जन गर्ने, त्यसैमा लगानीको मुख्य स्रोत विदेशी हो भन्ने प्रवृत्ति छः ढुगाना

Advertisement

वाणिज्य बैंकहरुमा मुद्दती निक्षेप राखेर ब्याज आर्जन गर्ने त्यसैमा लगानीको मुख्य स्रोत विदेशी लगानी नै हो भन्ने तरिकाले चलिरहेको भन्दै त्यसमा सुधार हुन आवश्यक रहेको बताइन् । 

काठमाडौं । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानाले नेपालमा भित्रिएको वैदेशिक लगानी सन्तोषजनक नभएको बताएकी छन् । 

Advertisement

शुक्रवार नेपाल उद्योग परिसंघ (सीएनआई) ले आयोजना गरेको बजेट वाच कार्यक्रममा उनले विदेशी लगानी आकर्षित गर्ने सम्बन्धित सरकारी निकायहरुले समन्वयकारी भूमिकामार्फत झन्झट हटाउन आवश्यक रहेको बताइन् । 

ढुंगानाले राष्ट्र बैंकले वैदेशीक लगानीका झन्झटिला प्रक्रिया हटाउने विषयमा काम गरिरहेको जानकारी दिइन् । उनले विदेशी लगानी आकर्षणको लागि नीतिगत सुधारमा सबैले पहल गर्न आवश्यक रहेको बताउँदै गत आर्थिक वर्षमा सात अर्ब रुपियाँ मात्रै विदेशी लगानी भित्रिएको तथ्यांक रहेको, जुन सन्तोषजनक नरहेको बताइन् । 

ढुंगानाले आर्थिक वर्ष २०७८–७९ मा १८ अर्ब ५६ करोड र २०७९–८० मा सात अर्ब ७० करोड विदेशी लगानी आएको तथ्य प्रस्तुत गर्दै चालु आर्थिक वर्षको दुई महिनामा दुई अर्ब ९९ करोडको विदेशी लगानी आएको बताइन् । 

उनले विदेशी लगानीको लागि हेजिङ सुविधा नेपालमा लागू हुनसके विदेशी लगानी र ऋण प्रोत्साहित हुने बताइन् । डेपुटी गभर्नर ढुगानाले क्रेडिट रेटिङ गर्ने कुरामा विदेशीहरुले पनि कुरा उठाउने गरेको भन्दै क्रेडिट रेटिङ नहुँदा विदेशी लगानी आउन सकेको बताइन् । 

क्रेडिट रेटिङ गर्ने कामको शुरुवात गर्न सम्बन्धित निकायहरुको समन्वयकारी भूमका आवश्यक रहेको उनको भनाई छ । ढुंगानाले नेपाल राष्ट्र बैंक संधै यो विषयमा सकारात्मक रहेको बताइन् । उनले वाणिज्य बैंकहरुमा मुद्दती निक्षेप राखेर ब्याज आर्जन गर्ने त्यसैमा लगानीको मुख्य स्रोत विदेशी लगानी नै हो भन्ने तरिकाले चलिरहेको भन्दै त्यसमा सुधार हुन आवश्यक रहेको बताइन् । 

ढुंगानाले त्यसलाई पूर्वाधार, उत्पादनशील क्षेत्रमा लगानी गर्नसके आर्थिक विकासमा ठूलो सहयोग पुग्ने बताइन् । 

Advertisement

Advertisement