टिकटक बन्द गर्ने निर्णयको विपक्षमा क्यान, बरु करको दायरामा ल्याउनुपर्थ्यो’

Advertisement

काठमाडौँ । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याएर व्यवसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको भए देशको अर्थतन्त्रमा सहयोग पुग्थ्यो भनेको छ ।     
     
क्यानले बुधबार विज्ञप्ति निकालेर साना तथा मझौला व्यवसायीलाई आफ्नो बजार विस्तार गर्ने विकल्प बनेकामा त्यसलाई नियमन गर्दा उपयुक्त हुन्थ्यो भन्दै सूचना र सञ्चार प्रविधिको विकासले अवसर र चुनौती दुवै ल्याउने वास्तविकतालाई दृष्टिगत गरी निर्णयमा पुनर्विचार गर्न सरकारसँग आग्रह गरेको छ ।     
     
“नेपालमा उपलव्ध सबैखाले सामाजिक सञ्जालको सुव्यवस्थित प्रयोगका लागि सरकारले विज्ञ टोलीमार्फत वार्ता तथा समन्वय गर्न क्यान आग्रह गर्दछ । निजी क्षेत्रको हैसियतमा हामी सरकारसँग जस्तोसुकै प्राविधिक सहकार्य गर्न तयार छौँ,” डिजिटल नेपाल निर्माणमा सघाउने प्रतिबद्धता व्यक्त गर्दै विज्ञप्तिमा भनिएको छ ।     

सरकारले बिनासुझबुझ सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएको भन्दै महासंघले सरोकारवाला निकायहरूसँग आवश्यक छलफल र परामर्श नै नगरी हठात् गरिएको यो निर्णयले समस्याभन्दा चुनौती थप्ने बताएको छ । 

Advertisement

सूचना र सञ्चार प्रविधिको विकास र विस्तारले अवसर र चुनौती दुवै स्वाभाविक रूपमा आउने भएपनि सरकारले प्रविधिलाई समस्याका रूपमा हेरी निषेध गर्न खोजेको उसको भनाई छ । महासंघले भनेको छ, ‘समस्या नियन्त्रणको नाममा प्रविधिमाथि नै प्रतिबन्ध लगाउन खोज्नुले सरकारको नियत छताछुल्ल भएको छ । कन्टेन्ट नियमन गर्न पहलै नगरी प्लेटफर्ममाथि प्रतिबन्ध लगाउनु प्रत्युत्पादक हुन्छ ।’ 

नेपालमा उपलब्ध सबैखाले सामाजिक सञ्जालको सुव्यवस्थित प्रयोगका लागि सरकारले विज्ञ टोलीमार्फत वार्ता तथा समन्वय गर्न आग्रह गर्दै महासंघले निजी क्षेत्रको हैसियतमा हामी आवश्यक जस्तो सुकै प्राविधिक सहकार्य गर्न तयार रहेको स्पष्ट पारेको छ । 
छौं,’ उनले भने ।

पछिल्लो समय नेपालमा टिकटक लोकप्रिय सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेकोमा यसको उपयोगिता ख्याल नराखी सरकारले बन्द गर्ने निर्णय गरेको भन्दै क्यान महासंघले टिकटकलाई करको दायरमा ल्याई व्यवसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सके देशको अर्थतन्त्रमा पनि सहयोग पुग्ने बताएको छ । 
 


   

Advertisement