विश्वकप क्रिकेट: अष्ट्रेलिया र भारत भिड्दै कस्ले मार्ला बाजी ?

Advertisement

काठमाडौं। आइसीसी वान-डे विश्वकप क्रिकेटमा भारत र अष्ट्रेलिया आइतबार भिड्दै छन्। नेपाली समय अनुसार दिउँसो साढे २ बजे सुरु हुने प्रतियोगितामा भारत र अष्ट्रेलिया भिड्ने भएका हुन्।

भारतको नरेन्द्र मोदी स्टेडियममा हुने फाइनल खेलका लागि दुबै टोली तयारी अवस्थामा छन्। प्रतियोगितामा कुनै पनि खेल नहारेको भारत उच्च मनोबलका साथमा मैदान उत्रिनेछ।

Advertisement

अष्ट्रेलिया अफगानस्थानलाई सनसनीपुर्ण हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो। यस्तै सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै फाइनल प्रवेश गरेको हो। भारतले भने न्युजिल्याण्डलाई पराजित गर्दै फाइनल पुगेको हो।

भारतीय खेलाडीहरु यो विश्वकपमा उच्च लयमा रहेका छन्। चर्तित खेलाडी विराट कोहली उच्च लयमा रहेका छन्। यस्तै बलिङतर्फ मोहम्मद शामी र ब्रुम्राह उच्च लयमा रहेका छन्। अष्ट्रेलिया भने बलिङ भन्दा ब्याटिङमा नर्भर रहेको छ। ग्लेन म्याक्सबेल हाल उच्च लयमा रहेका छन्।

 

स्टेडियम १ लाख ३२ हजार जना क्षमताको रहेको छ। जसमा आज हुने खेलमा १ लाख भन्दा बढी समर्थक भेला हुने अनुमान गरिएको छ।

 

 

Advertisement

Advertisement