धेरै कर दाखिला गर्ने १६ करदाता सम्मानित, सूर्य नेपाललाई दुई विधामा सम्मान (फोटोफिचर)

Advertisement

काठमाडौं । आन्तरिक राजश्व विभागले १६ उत्कृष्ट करदातालाई पुरस्कार प्रदान गरेको छ । बिहीबार बिहान आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । 

धेरै आयकर तिर्नेमा नेपाल दूरसचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) परेको छ। यस्तै धेरै निर्यात गर्नेमा डाबर नेपाल प्रा.लि. रहेको छ । विशेष उद्योगतर्फ धेरै कर दाखिला गर्नेमा एशियन पेन्ट्स परेको छ ।

Advertisement

बैंकतर्फ धेरै कर तिर्नेमा ग्लोबल आईएमीई बैंक परेको छ । यस्तै, कृषि फर्मतर्फ ओसीबी फुड्स एण्ड फिड्स प्रा.लि. परेको छ भने सहकरीतर्फ छिमेक लघुवित्त सहकारी परेको छ । शिक्षातर्फ साँसद सुनिल शर्माको नोवेल शिक्षण अस्पताल परेको छ ।

बीमातर्फ एलाआईसी नेपाल परेको छ । उक्त कम्पनीका प्रणयकुमार यादवले सम्मानपत्र ग्रहण गरे । पर्यटनतर्फ मनकामना केवलकार परेको छ भने वस्तु व्यापारतर्फ भाटभटेनी सुपर मार्केट, मध्यमस्तरीय करदातातर्फ नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से), उर्जातर्फ भोटेकोशी उर्जा कम्पनी, रेमिटान्सतर्फ आईएमई रेमिटान्स परेको छ । उक्त कम्पनीका  हेमराज ढकालले सम्मान ग्रहण गरे । 

व्यक्तिगत आयकरतर्फ विजयकुमार शाह सम्मानित भएका छन् । हरेक बर्ष उत्कृष्ट करदातामा पर्ने गरेको सूर्य नेपाल यस बर्ष दुई विधामा धेरै कर दाखिला गर्नेको सुचीमा परेको  छ । कम्पनीले सबैभन्दा धेरै कर तिर्नेको पहिलो सुचीमा परेको छ भने समयमै कर दाखिला गर्ने कम्पनीमा पनि सम्मानित भएको छ ।

undefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefined

Advertisement