माछापुच्छ्रे बैंकका अध्यक्ष केसीले राष्ट्र बैंकका गभर्नरसमक्ष लिए सपथ

Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । 

उक्त सपथ ग्रहण कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर, कार्यकारी निर्देशकहरु तथा अन्य पदाधिकारीका साथै बैंक सञ्चालक समिति सदस्यहरु, प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थिति रहेको थियो ।

Advertisement

बैंकको गत बिहीवार बसेको बैठकले केसीलाई संचालक समितिको अध्यक्षमा चयन गरेको थियो । 

Advertisement