वाई२७एस सार्वजनिक गर्ने तयारीमा भिभो, के के हुनेछन् विशेषता ?

Advertisement

काठमाठौं । चिनियाँ प्रविधि ब्राण्ड भिभोले वाई२७एस संस्करणको नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । भिभो नेपालले बहुप्रतिक्षित यो फोन आकर्षक विशेषताहरुका साथ आउने बताएको छ । 

भिभो डिजाइनमा नयाँ मापदण्डहरु कायम गर्दै उत्कृष्ट पर्फमेन्श भएका स्मार्टफोनहरु प्रदान गर्नका लागि परिचित छ । उसले ल्याउन लागेको वाई२७एस फोनमा सोही नवीनताले निरन्तरता पाउन सकिने भन्दै यसमा उच्चस्तरीय प्रदर्शन गर्ने स्मार्टफोन अनुभवको लागि शक्तिशाली क्षमताहरु तथा आकर्षक डिजाइनको संयोजन रहने बताएको छ ।

Advertisement

भिभो वाई२७एस बरगन्डी ब्ल्याक र गार्डेन ग्रीन गरी दुई रंगमा लन्च हुनेछ । यसले अतुलनीय चार्जिङ गति प्रदान गर्ने जनाउँदै सो ब्राण्डले ४४ वाट फ्ल्यासचार्जको साथ आउने बताएको छ । साथै यसमा पाँच हजार एमएएचको शक्तिशाली ब्याट्री हुनेछ, जसले प्रयोगकर्ताहरूलाई दिनभरलाई पुग्ने पर्याप्त पावर सुनिश्चित गर्नेछ । 

Advertisement

Advertisement