एलआईसी नेपालले गर्यो साधारण सभाः सूचांकहरु थप अब्बल बनाउँछौं-सीईओ प्रणयकुमार

Advertisement

काठमाडौं । एलआईसी नेपालको २१औं वार्षिक साधरण सभा सम्पन्न गरेको छ । कम्पनीले जावलाखेलस्थित स्टाफ कलेजमा आज आयोजना गरेको सो सभामा कम्पनीका कर्मचारी तथा शेयरधनीहरु उपस्थित थिए ।

सभाले संचालक समितिको वार्षिक प्रतिवेदन २०७८/७९ प्रस्तुत गरी अनुमोदन गरेको छ । त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तसम्मको वासलात र आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफलसहित पारित भएको छ । 

Advertisement

साधारण सभाले लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकलाई नियुक्ती दिएको छ । बहालवाला लेखापरीक्षक पिएल श्रेष्ठ एण्ड कम्पनी पुनः नियुक्त भएका हुन् ।  

undefined

नेपाल बीमा प्राधिकरणले कम्पनीलाई हकप्रद निष्काशनमा बाटो खुल्ला गरी सकेकाले शेयरधनीले पाउने लाभांश आफ्नो रिर्जभ कोषमा सुरक्षित रहेको कम्पनीले जनाएको छ । 

सभामा सीईओ प्रणय कुमारले शेयरधनीहरुको अपार मायाकै कारण कम्पनीले आफूलाई दह्रो रुपमा प्रस्तुत गर्दै आएको बताए । उनले नियमनकारी निकायको निर्देशन मान्दै सुशासनमा रहेर काम गर्ने कम्पनीमा एलआईसी नेपाल सधै अगाडि रहेको बताए । त्यस्तै, केही समयपछि एलआईसीले आफ्ना सूचांकहरु थप अब्बल बनाउँदै लानेमा लगानीकर्ताहरुलाई विश्वस्त बनाए ।

यता शेयरधनीहरुको तर्फबाट बोल्दै बैजुनाथले कम्पनीको लगानी १६ प्रतिशतले बढेको, आम्दानी २० प्रतिशतले बढेको र बीमा कोष पनि बढेकाले लगानीकर्ताहरु कम्पनीप्रति धेरै आशावादी पनि बन्दै गएको बताए ।  

अर्का लगानीकर्ता सुदीप श्रेष्ठले तत्काल प्रतिफल पाउन नसके पनि समयमा नै हकप्रद शेयर जारी गर्न कम्पनीलाई सुझाव दिए । उनले वित्तीय विवरणहरु नेपाली र अंग्रेजी दुवै भाषामा सम्प्रेषण गर्ने एलआईसी नेपालको सहि अभ्यास आफूहरुलाई राम्रो लागेको बताउँदै उनले सबैभन्दा उच्च कर बुझाउने कम्पनीमा लगानी गर्न पाउँदा आफूहरुलाई गर्व लागेको समेत बताए ।  

साथै, कम्पनीको संचालक समितिले पनि आगामी दिनमा लगानीकर्ताहरुमो मर्म बुझेर सोही अनुसार प्रतिफल दिने उल्लेख गर्यो ।  

Advertisement

Advertisement