धार्मिक पर्यटकीय स्थल दैलेखः वार्षिक ५० हजार पर्यटकको आगमन

Advertisement

काठमाडौं । दैलेख कर्णाली प्रदेशको सुन्दर र पर्यटकीय स्थलका रुपमा परिचित छ  । यहाँथुप्रै पर्यटकीय स्थलहरु छन् ।

ऐतिहासिक, धार्मिक, पुरातात्विक र पर्यटकीय हिसाबले महत्वपूर्ण जिल्ला दैलेखले धार्मिक पर्यटनको धेरै सम्भावना बोकेको छ । वार्षिक रुपमा करिब ५० हजार आन्तरिक तथा विदेशी पर्यटकहरुले दैलेख भम्रण गर्ने गरेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए । 

Advertisement

उनका अनुसार ऐतिहासिक, धार्मिक हिसाबले प्रसिद्ध क्षेत्र दैलेखमा धेरै पर्यटकीय स्थलहरु छन् ।  

प्रजिअ भुसालले थपे, ‘पन्चकोसी धार्मिक तीर्थस्थल त्यहाँ सतिदेवीको सिर खसेको ठाउँ ‘शिरस्थान’, नावि खसेको ठाउँ ‘नाविस्थान’, पाउ खसेको ठाउँ चाँहि ‘पादुकास्थान’ यी तीन वटै स्थानहरु छ । त्यस्तैधुलेश्वरमहादेव भनेको यतिकै हावामा धुलो उडीरहने । हावा नलागे पनि धुलो चाँहि उडीरहने ।धुलेश्वरमहादेव र तल्लो डुंगेश्वर प्राचिन प्रशिद्ध मन्दिर हो ।’ 

विदेशी पर्यटकहरु विशेषगरी भारतीय पर्यटकहरु धेरै संख्यामा दैलेखमा आउने गरेको छन् । यहाँ झरना, ताल, गुफा पनि छ । 

नेपाली भाषाको पहिलो शिलालेख यहीँ पर्छ। ३२ जातजातिको उद्गमस्थल यहीँ हो। दैलेखसँग सिंजा सभ्यता जोडिन्छ। बाइसे–चौबिसे राज्यका बेला निर्माण गरिएका देवल र कीर्तिखम्बहरू छन्। पाथरनाउली र कोतगढी दैलेखमै पर्छ। पानीमाथि ज्वाला बल्ने ठाउँ हो यो। ऐतिहासिक र धार्मिक पुरातत्वका दृष्टिले मात्र होइन, मनोरम प्राकृतिक दृश्हरूले भरिभराउ छ। 

Advertisement