लचिलो मौद्रिक नीति आएको छ, ब्याजदर पनि घट्छ, माग पनि अब बढ्छ: कोइराला

Advertisement

काठमाडौं । नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले मौद्रिक नीतिको समीक्षा अर्थतन्त्र चलायमान बनाउने किसिमले आएको बताएका छन् । 

शुक्रवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समक्षिाका विषयमा प्रतिक्रिया दिँदै एन्ले घरजग्गा कर्जा र शेयर कर्जाको जोखिम भार १५० बाट १२५ मा झार्ने र आवासीय कर्जामा पनि परिमार्जन भएकाले बैंकहरुले पनि बिस्तारै कर्जा प्रवाह बढ्ने बताउ । 

Advertisement

कोइरालाले मौद्रिक नीतिको समीक्षाले आगामी पुसदेखि अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने देखिएको दाबी गर्दै मौद्रिक नीतिमार्फत नीतिगत दर घटाउँदा निक्षेपको ब्यादर घटाउनुपर्ने बैंकहरुलाई दबाब सिर्जना भएको बताए । 

उपाध्यक्ष कोइरालाले बैंकहरुको कर्जाको ब्याजदर पनि घट्दै जाने अवस्था देखिएको बताए । उनले बैंकको निक्षेपको ब्याजदर घट्दा कर्जाको पनि ब्याजदर घट्दा ऋणीहरुलाई सहज हुने बताए । उनले बैंकहरुले राष्ट्र बैंकले तोकेको दरमा ब्याजदर घटाउँदै लैजाने बताए । 

कोइरालले भने, ‘मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा अर्थतन्त्रलाई चलायमान बनाउने किसिमको आएको छ । घरजग्गा कर्जा र शेयर कर्जाको जोखिम भार १५० बाट १२५ मा झार्ने र आवासीय कर्जामा पनि परिमार्जन हुँदा बैंकहरुले विस्तारै कर्जा प्रवाह गर्ने अवस्था भएको छ । त्यसले आगामी पुस महिनादेखि अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्छ । मौद्रिक नीति मार्फत नीतिगत दर घटाउँदा निक्षेपको ब्याजदर घटाउन दबाब पर्छ । त्यसले कर्जाको ब्याजदरमा पनि घट्दै जान्छ । त्यसले ऋणीहरुलाई पनि सहुलियत हुने अवस्था आउँछ । बैंकहरुले राष्ट्र बैंकले तोकेको दरमा ब्याजदर घटाउँदै लैजान्छन् । बैंकहरुले हेरक महिनामा ब्याजदर परिवर्तन गर्न पाउने नयाँ नियमले सहज गराएको छ । त्यसले बेस रेट घट्छ । माघमा बैंकहरुले ब्याजदर परिर्वतन गर्दा कर्जाको ब्याजदर घट्ने देखिन्छ । अहिले बजारमा आशा कम भएको जस्तो लागेको हो । तर अब चाडपर्व भर्खरै सकिएका छन् । त्यसैले अब लचिलो मौद्रिक नीतिको समिक्षा आउँदा माग पनि बढेर जाने देखिन्छ ।’

उनले माघ महिनामा बैंकहरुले ब्याजदर परिर्वतन गर्दा कर्जाको ब्याजदर घट्न दाबी गरे । कोइरालाले चाडपर्व भर्खरै सकिएको भन्दै लचिलो मौद्रिक नीतिको समीक्षा आएकाले माग समेत वृद्धि हुँदै जाने जिकिर गरे । 

Advertisement

Advertisement