इन्टरनेट सेवामा वर्ल्डलिंक पहिलो कम्पनी, पछ्याउँदै डिशहोम

Advertisement

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमा प्रतिस्पर्धा बढ्दै गएको देखिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको ‘टेलिकम्युनिकेसन इन्डिकेटर्स’ (दूरसञ्चार सुचक) प्रतिवेदनमा वर्ल्डलिंकले आफ्नो अग्रता कायम राखेको छ भने दोस्रोमा अरु कम्पनीहरुलाई उछिन्दै डिशहोम फाइबरनेट आएको छ ।  

डिशहोम टेलिभिजन वितरक सेवा कम्पनी पनि हो जसको देशभर डीटीएच प्रविधिमा आधारित सेवा प्रदान गर्दै आएको छ । सोही कम्पनीले सुरु गरेको डिशहोम फाइबरनेट ग्राहक संख्याका आधारमा दोस्रो ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी बन्न सफल भएको हो । 

Advertisement

प्रतिवेदनअनुसार वर्ल्डलिंकको ग्राहक संख्या आठ लाख ११ हजार ९९७ पुगेको छ भने डिशहोमले अन्य कम्पनीहरुलाई उछिन्दै ग्राहक संख्या तीन लाख १७ हजार ३१ पुर्याएको छ ।  यो तथ्यांक गएको भदौसम्मको हो । पछिल्लो समयमा ग्राहक संख्या विस्तारमा डिशहोम सबैभन्दा आक्रामक देखिएको छ भने अन्य कम्पनीहरुको सुस्त छ । डिशहोमले २०७७ साउनबाट इन्टरनेट सेवा सुरु गरेको हो । 

यस क्षेत्रमा वर्ल्डलिंकको हिस्सा अझै पनि ठूलो छ । डिशहोमपछि क्लासिक टेकका ग्राहक दुई लाख ८४ हजार ७६३, सुविसुका दुई लाख ८० हजार २४८, भायानेटका दुई लाख ६४ हजार ८३ छन् अरुको भने दुई लाखभन्दा कम ग्राहक छन् । 

Advertisement

Advertisement