नाडाको अध्यक्षमा करण चौधरी सर्वसम्मत, अर्को कार्यकालमा गोल्छा अध्यक्ष

Advertisement

काठमाडौं । अटोमोवाइल व्यवसायीको संस्था नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी सर्वसम्मत अध्यक्ष चयन हुने भएका छन् । 

आउँदो  पुस २० र २१ गते बार्णिक साधारणसभा तथा निर्वाचनको तयारी गरेको नाडाको आगामी अध्यक्षमा चौधरीलाई सर्वसम्मत चयन गर्न आज मंगलबार सहमति जुगेको हो । सहमतिका लागि अध्यक्षका प्रत्यासीद्धय करण चौधरी र आकाश गोल्छा समूहबीच प्रयास हुँदै आएको थियो । 

Advertisement

सहमतिपछि अध्यक्षका आकांक्षी गोल्छाले अर्को कार्यकालमा आफू अध्यक्ष बन्ने शर्तमा अहिलेलाई चौधरीलाई छाड्न सहमत भएका हुन् । उनी सीजी अटोमोबाइल्सका प्रवन्ध निर्देशक हुन् । चौधरी यसअघि पनि अध्यक्षको प्रत्यासी रहे पनि ध्रुव थापासँग झिनो मतान्तरले पराजित हुन पुगेका थिए । 

अटोमोबाइल व्यवसाय संकटमा रहेका बेला चुनावमा जान नहुने भन्दै पूर्वअध्यक्षहरुले सहमतिका लागि पहल गरेका थिए । सहमति कायम गर्न हालका अध्यक्ष थापाले पनि भूमिका खेलेका थिए । सहमतिअनुसार गोल्छा वरिष्ठ उपाध्यक्ष हुनेछन् र अर्को कार्यकालमा अध्यक्ष हुनेछन् । त्यस्तै, नाडाको उपाध्यक्षमा सिप्रदी ट्रेडिङका राजनबाबु श्रेष्ठ र लक्ष्मी इन्टरकन्टिनेन्टलका कार्यकारी निर्देशक निराकार श्रेष्ठ बन्नेछन् ।

Advertisement

Advertisement