पोखराको प्याराग्लाइडिङको जिम्मा ‘ना’बाट खोस्ने तयारी

Advertisement

काठमाडौं । पोखराको प्याराग्लाइडिङको जिम्मा नेपाल हवाइ खेलकुद सँस्था (ना)बाट फिर्ता लिने तयारी गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यानले नाबाट खोसेर आफै सञ्चालन गर्ने तयारी गरेको हो । 

प्राधिकरणका एक अधिकारीले नालाई प्याराग्लाइडिङ सञ्चालनको जिम्मा दिँदा धेरै विवाद र समस्या आउन थालेकाले आफूहरुले नै जिम्मा लिएर चलाउन लागेको बताए  । प्याराग्लाइडिङ पाइलटहरुको झगडाका कारण पोखराको प्याराग्लाइडिङ अनिश्चित कालका लागि बन्द रहेको छ । विवाद भएपछि प्राधिकरणले सुरक्षाको कारण देखाउँदै अर्को निर्देशन नआएसम्म सञ्चालन नगर्न भनेको हो । 

Advertisement

नाबाट लिखितरुपमा चिट्ठी नआएको बताउँर्दै प्राधिकरणका ती कर्मचारीले भने, ‘पोखराबाट प्याराग्लाइडिङ पाइलटहरु र व्यवसायीहरुबीच सहमति गरी एकजुट भएको चिट्ठी अहिलेसम्म आएन् । सुरक्षालाई ध्यान दिँदै विवादरहित तरिकाले प्याराग्लाइडिङ सञ्चालन गर्ने प्रतिवद्धता नआएकाले उनीहरुको ‘ना’ भन्ने संस्थालाई सञ्चालनको जिम्मा दिननहुने देखिएको छ । प्याराग्लाइडिङ उडानमा पटक–पटक यो समस्या हुन थालेपछि यसअघि प्राधिकरणले नालाई अधिकार दिएका थियो । अहिले पनि उस्तै समस्या देखिएकाले अब त्यो अधिकार हामीले नाबाट खोस्नुपर्छ भन्ने लागेको छ ।’ 

पोखराको प्याराग्लाइडिङ आफूले सञ्चालन गर्नुअघि उनीहरुको लिखित जानकारीको प्रतिक्षामा प्राधिकरण रहेको छ । लिखित जानकारी कसरी आउँछ ? त्यो हेरेर प्राधिकरणले निर्णय गर्ने छ । प्राधिकरणले आफनो जनशक्ति विकास गरेर प्याराग्लाइडिङ सञ्चालन आफैले गर्ने तयारी गरेको हो । 

Advertisement