ग्लोबल आइएमई बैंकद्वारा वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंकले १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ । यही १७ गते मंगलबारदेखि बैंक १७औँ वर्षमा प्रवेश गर्दैछ ।  

उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरुमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्न गइरहेको छ । 

Advertisement

शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु– महिलाको स्वास्थ्य परिक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरण लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध हुनेछन् । प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ ।

यस अन्तर्गत, बैंकले पुस ४ गते बुधबार सूदुरपश्चिम प्रदेशमा बाजुरा जिल्लाको गौमुल गाँउपालिका वडा नं. २, दहकोट स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ । जसमा १७० भन्दा बढि महिलाहरुको स्वास्थ्य जाँच गरेको थियो । 

यसैगरी, बैंकले अरु ६ वटा प्रदेशहरुमा पुस महिनामा शिविरहरु संचालन गर्नेछ । जस अन्तर्गत बैंकले बागमती प्रदेशमा भरतपुर महानगरपालिका वडा नं ०८ चितवन स्थित गौरीगंज स्वास्थ्य चौकी, शरदपुरमा पुस १३ गते शुक्रबार, लुम्बिनी प्रदेशमा रैनादेवी छहरा गाँउपालिका वडा नं. ३, पाल्पा  स्थित छहरा स्वास्थ्य चौकीमा पुस १७ गते मंगलबार, कर्णाली प्रदेशमा विरेन्द्रनगर नगरपालिका वडा नं. १३, सुर्खेत स्थित जर्बुट्टा स्वास्थ्य चौकीमा  पुस १८ गते बुधबार, गण्डकी प्रदेशमा अन्नपूर्ण गाँउपालिका वडा नं. ६ म्याग्दी स्थित पोखरेबजार आधारभुत विद्यालयमा २१ शनिबार र कोशी प्रदेशमा इलाम नगरपालिका वडा नं. ४, इलाम स्थित मलाटे स्वास्थ्य चौकीमा २८ गते शनिबार स्वास्थ्य निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने तयारी रहेको छ । 

स्वास्थ्य शिविर ग्रामीण तथा अर्ध शहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिलाका निम्ति प्रभावकारी हुने र उनीहरुमा सकारात्मक प्रभाव पर्ने विश्वास बंैकले लिएको छ । 
 

Advertisement