बौद्धनाथको भौतिक संरचना मर्मत सम्भार हुँदै (फोटोफिचर)

Advertisement

काठमाडौं । धार्मिक पर्यटकीय क्षेत्र बौद्धनाथको आन्तरिक संरचनाको मर्मत सम्भारको कार्य भइरहेको छ । 

तिहारको भाइटीकाको दिन शिलायान्स गरी बत्ती (लाइट), ढल, टेलिफोन, इन्टरनेट, पानीको पाइप राख्ने काम भइरहेको बौद्धनाथ क्षेत्र विकास समिति सदस्य रग्बा शेर्पाले जानकारी दिए ।

Advertisement

मर्मत सम्भारको हाल ३० प्रतिशत काम सकेको छ, पाइप राख्ने काम सकिने बित्तिकै हामी पुरानो इट्टाको ठाउँमा नयाँँ इट्टा राख्ने काम अगाडि बडाउने उनले बताए । 

कोभिड–१९ पछि बौद्धनाथको भ्रमण गर्ने विदेशी तथा आन्तरिक पर्यटकहरुको संख्या वृद्धि भएको छ । त्यसमा पनि विशेषगरी भारतीय पर्यटकहरुको चहलपहल निकै बढेको शेर्पाले जानकारी दिए । 

undefinedundefinedundefinedundefinedundefinedundefined

Advertisement