सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपियाँ घट्यो

Advertisement

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १ हजार ३ सय रुपियाँ र चाँदी प्रतितोला ३५ रुपियाँ घटेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २० हजार ७ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख २० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

Advertisement

यस्तै चाँदी प्रतितोला १ हजार ४ सय ५५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement