गभर्नर अधिकारी बिरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

Advertisement

काठमाडौं । शैक्षिक योग्यताको विषयलाई लिएर नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी बिरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले गभर्नर अधिकारीको कुरा सुनेर मात्र निर्णय लिने आदेश दिएको हो । 

Advertisement

अधिवक्ता दिपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले गभर्नर हुन अधिकारीको शैक्षिक योग्यता नपुग्ने दाबीसहित हिजो रिट निवेदन दर्ता गरेका हुन् । 

अधिकारी २०७६ चैत २४ गते गभर्नर नियुक्त भएका थिए । 

गभर्नर अधिकारीबिरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता

 

Advertisement

Advertisement