कोरिया जान नपाएकाहरुको आन्दोलनमा प्रहरीको गोली लागेर १ जनाको मृत्यु

Advertisement

काठमाडौँ । प्रहरीको गोली लागेर ललितपुरको बालकुमारीमा १ जना युवाको मृत्यु भएको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । 

Advertisement

प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारीको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको हो । मृतकको पहिचान खुल्न बाँकी छ । 

स्थिति नियन्त्रणमा लिन गोली चलाउनु परेको जिल्ला प्रहरीले जनाएको छ । आन्दोलनकारीहरुले यसअघि आजै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका थिए । आगजनीमा संलग्न आधा दर्जन बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

Advertisement