‘नेपाल रि’ को निमित्त सीईओमा दामोदर भण्डारी नियुक्त

Advertisement

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको निमित्त सीईओमा दामोदर भण्डारी नियुक्त भएका छन् । 

सीईओ शंकर रायमाझीको कार्यकाल पुस ११ गते सकिएपछि पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले सहायक सीईओ भण्डारीलाई निमित्त सीईओ जिम्मेवारी दिने निर्णय भएको हो । 

Advertisement

नयाँ सीईओ नियुक्त नहुँदासम्मको लागि पुस ११ गतेदेखिनै लागू हुने गरी निमित्तको जिम्मेवारी दिने निर्णय भएको कम्पनीले जनाएको छ ।  
 

Advertisement