त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल आगमन चेकजाँच क्षेत्र विस्तार

Advertisement

काठमाडौं । त्रिभुवन विमानस्थलको अन्तर्राट्रिय टर्मिनलको आगमन भन्सार चेकजाँच क्षेत्र विस्तार गरिएको छ । उक्त क्षेत्र साँधुरो भई धेरै भिडभाड हुँदा धेरै गुनासो आएपछि विस्तार गरिएको विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले बताए । 

यसले यात्रुहरुलाई सहज हुने उनको विश्वास छ । अन्तर्राष्ट्रिय टर्मिनलको प्रस्थानतर्फको चेक इन क्षेत्र समेत विस्तार गर्न लागिएको तिवारीले बताए । उनका अनुसार आन्तरिक सवारी पार्किङ क्षेत्रको विस्तार सम्पन्न भएको छ । यसले पार्किङ क्षमता बढ्ने र यात्रु छोड्न मात्र आउनेका लागि पार्किङमा जाननपर्ने गरी निःशुल्क ड्रप मात्रके पनि सुविधा प्राप्त हुनेछ । 

Advertisement

यसैगरी, त्रिभुवन विमानस्थलको आन्तरिक आगमनतर्फ एक मात्रै व्यागेज बेल्ट रहेकोमा छुट्टै दुई वटा व्यागेज बेल्टसहितको फराकिलो टर्मिनल निर्माण सम्पन्न भएको छ । यो टर्मिनल सञ्चालनको तयारीमा रहेको विमानस्थल कार्यालयले जनाएको छ । साथै, आन्तरिक सवारी पार्किङ क्षेत्र र एक्सेस रोड निर्माण सम्पन्न भएको छ । 

आपतकालीन अवस्थामा धावनमार्गबाट जहाज बाहिर गई जहाजको ल्याण्डिङ गियर तथा चक्का धसिएर वा क्षति भई जहाज चल्न नसक्ने भएको अवस्थामा जहाजलाई यथासक्यो छिटो कम क्षति हुने गरी तानेर धावनमार्गको अवरोध हटाई अपरेसन सुचारु गर्न आवश्यक कम्तीमा पनि न्यूनतम उपकरणको व्यवस्था कार्यालयसँग हुनपर्ने आवश्यकता विगतको घटना (टर्किसलगायत अन्तरिक जहाजको घटना)ले दिलाएकोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘डिसाबल एयरक्राफ्ट रिकभरी किट्स’को व्यवस्था गरिएको कार्यालयको भनाई छ । 

undefinedundefined

Advertisement