भरतपुर महानगरले ल्यायो नौ करोड बढीको पूरक बजेट

Advertisement

चितवन ।  भरतपुर महानगरपालिकाले नौ करोड तीन लाख रुपियाँको पूरक बजेट प्रस्तुत गरेको छ । आइतबार सम्पन्न १४औं नगरसभाको बैठकबाट पूरक बजेट प्रस्तुत भएको हो ।
 
उपप्रमुख चित्रसेन अधिकारीले विनियोजन ऐन, २०८० ले चालू आर्थिक वर्षका लागि विभिन्न बजेट खर्च शीर्षक तथा उपशीर्षकअन्तर्गत खर्च गर्न दिएको अख्तियारी रकम पर्याप्त नभएकाले पूरक बजेट ल्याउनु परेको बताए ।  

चालू आर्थिक वर्षका लागि विनियोजन ऐनले अख्तियारी नदिएको नयाँ खर्च शीर्षकमा खर्च गर्न आवश्यक भएको, विभिन्न खर्च शीर्षक तथा उपशीर्षकअन्तर्गत नयाँ कार्यक्रम थप एवं संशोधन गर्नुपरेको उनले बताए ।

Advertisement

बजेट शीर्षक तथा उपशीर्षकअन्तर्गत स्रोत सुनिश्चितता गरी योजना समयमै सम्पन्न गर्न, आर्थिक, भौतिक एवं सामाजिक र वातावरणीय पूर्वाधार विकास गरी समुन्नत र सुदृढ महानगर बनाउन पूरक बजेट ल्याइएको उनको भनाइ छ । 

महानगरले आर्थिक वर्ष २०८०÷८१ का लागि ६ अर्ब ३९ करोड ७९ लाख ९० हजार रुपियाँ बजेट विनियोजन गरेको थियो । पुँजीगत खर्चतर्फ विनियोजित तीन अर्ब ७२ करोड ६५ लाख ६ हजार रुपियाँमा पुस मसान्तसम्म ४६ करोड ७७ लाख ९१३ प्रतिशत० रुपियाँ खर्च भएको छ ।  महानगरले यस वर्ष एक अर्ब ७५ करोड आन्तरिक आम्दानी प्रक्षेपण गरेकामा पुस १८ गतेसम्म ५३ करोड तीन लाख रुपियाँ संकलन भएको छ ।
 
महानगर प्रमुख रेनु दाहालले पूरक बजेटबाट समपूरक साझेदारी कोषका लागि विद्युत् प्राधिकरणसँग ‘स्मार्ट लाइट’ साझेदारी कार्यक्रम सञ्चालन गर्न लागिएको बताइन् । सहरी सौन्दर्यकरण, चोक सुधार कार्यक्रम, मानव सेवा आश्रम पूर्वाधार निर्माण, दलित विद्यार्थी छात्रवृत्तिलगायत कार्यक्रममा पूरक बजेट राखिएको उनको भनाइ छ । 

Advertisement

Advertisement